वीरगन्ज | वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट लागुऔषध चरेश करिब ११ केजी ८ सय ग्रामसहित वीरगन्ज महानगरपालिका–१९ बस्ने ६० वर्षीय रामबालक बैठालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले बैठाले चलाई ल्याएको साइकल जाँच गर्ने क्रममा साइकलमा लोड गरी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। nepalnews