काठमाडौं । चिलीमा एक सैन्य विमान सम्पर्कविहिन भएको छ । १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान सुर गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका छन् ।
चिलीको वायु सेनाले हराइरहेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । एयसफोर्सका अधिकारीहरुका अनुसार अन्र्टाटिकाको किङ जर्ज टापुबाट मान्टाल्वातर्फ जाँदै गरेको सैन्य विमान सम्पर्क बिहिन भएको जनाएको छ । चिलीका राष्ट्रपति सेबास्टिन पीनेराले समेत घटनाको पुष्टि गर्दै खोजी कार्यमा कुनै कमि नराख्ने बताएका छन् ।