वीरगंजको मुर्लिमा ताला लगाएको कोठामा आमाछोरीको शब फेला(फोटो सहित )
वीरगंज संजाल
२४ मंसिर २०७६, मंगलवार ०७:५२
१८८९७
वीरगंज l वीरगंज महानगरपालिका वडा न. १२ नया टोलमा आज साँझ आमा छोरीको शब फेला परेको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा न. २६ सिसुवा महेशपुर घर भई मुर्ली नया टोल निवासि मोहन झाको घरमा कोठामा बस्दै आएका आमाछोरीको शब आज कुहिएको अवस्थामा फेला परेको हो घरमा धेरै दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरीलाई खबर गरेका थिए ।
वडा प्रहरी कार्यालय श्रीपुरको टोलिले ढोकाको ताला टुटाएर हेर्दा कुहिएको अवस्थामा पेन्टिंगको काम गर्दै आएका पवन साहकी श्रीमति अन्दाजि २२ बर्ष र अन्दाजि २ बर्षकी छोरीको शब फेला परेको प्रहरी निरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
अहिले प्रहरीले मुचुल्का उठाइरहेको र निजका श्रीमान फरार रहेको हुँदा खोज तथा अनुसन्धान तिव्र पारिएको प्रहरीले जनाएको छ ।