• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आतंकवादको भूकम्पले हल्लाएको सन् २०१९, कुन–कुन देश तरंगित भए ? (नाम र स्थानसहित)

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार ०५:३२
  • ७१६७

    एजेन्सी । वर्ष सन् २०१९ लाई हामीले विदा गर्दैछौ । यस वर्ष विश्वभर आतंकवादी घटना र विष्फोटनमा धेरै निर्दोष नागरिकहरू मारिए। न्युजिल्याण्डको दुई मस्जिदहरूमा भएको बम विष्फोटमा एकैपटक चार दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भयो भने पूर्व आईएस प्रमुख अबु बकर अल बगदादीको मृत्युले सम्पूर्ण विश्वको ध्यानाकर्षण गर्‍यो।

    त्यस्तै इरानको दक्षिणपूर्वी क्षेत्रमा सेनाको विशेष क्रान्तिकारी गार्ड फोर्सका सिपाहीहरू लिएर गएको बसमा एक आत्मघाती हमलामा २९ सैनिक मारिए। यस्ता दर्जनौ साना–ठुला आक्रमणले विश्वको ध्यान खिच्न पुग्यो । विश्वभर एक वर्षमा थुप्रै हमलाहरु भएका छन् ।

    त्यसमा हज्जारौ मानिसहरुले ज्यान गुमाएका छन् । थुप्रै साना घटनाहरुलाई समेट्न नसकिए पनि यो वर्ष विश्वको ध्यान खिच्न सफले केही घटनारुलाई यहाँ समेट्ने प्रयास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई यो वर्षका प्रमुख आतंकवादी घटनाहरूको परिचय दिँदैछौ ।

    १. अफगान सैन्य विमानस्थलमा आतंकवादी हमला, १०० भन्दा बढी मारिए

    सन् २०१९ मा मध्य अफगानिस्तानमा तालिबानीको आक्रमणमा एकसय भन्दा बढी सेनाका जवानहरू मारिए । जसले विश्वको ध्यान आकृष्ट ग¥यो । तालिवान समूहले अफगान सैन्य विमानस्थललाई निशाना बनाएको थियो । सो घटनामा सैन्य कम्पाउन्डभित्रै  १०० भन्दा बढी सुरक्षाकर्मी मारिएका थिए ।

    यो हमलाको जिम्मेवारी अतिवादी समूह तालिवानले लिएको छ । यद्यपि, तालिवान समूहको दाबीअनुसार आक्रमणमा १९० जनाको ज्यान गएको थियो । अफगानिस्तानका रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार भने अफगानिस्तानको बर्दाक प्रान्तको राजधानीस्थित मैदान शारमा रहेको सैनिक बेसमा भएको आक्रमणमा १२६ जना मारिएका थिए । तालिवानको दाबीलाई सरकारी अधिकारीहरुले अस्वीकार गर्दै आएका छन् ।

    २. न्यूजिल्याण्डको दुई मस्जिदहरूमा विस्फोट,४९ जना मारिए

    मार्च १, २०१९ मा न्युजिल्याण्डमा दुई मस्जिदहरूमा भएको विस्फोटले विश्वलाई तरंगित पारिदियो । सो आक्रमणमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए । यो आक्रमण क्राइष्ट चर्चको डीन एभिन्यू मस्जिद र लिनुवुड मस्जिदमा भएको थियो ।

    एभिन्यु मस्जिदमा भएको आक्रमणमा ४१ जना मारिएका थिए भने लिनुवुड मस्जिदमा ८ जना मारिएका थिए । जुन आक्रमण हुँदा मस्जिदमा भक्तहरूको ठूलो भीड लागेको थियो, सोहीबेला भीषण आक्रमण भएको थियो।

    बेलायती मिडियाका अनुसार, आक्रमणकारी एक ब्रिटिश मूलका २८ वर्षीय युवक रहेका थिए। उनी अस्ट्रेलियाका नागरिक थिए । यस आक्रमणमा नौ भारतीय नागरिक हराएका थिए । न्यूजिल्याण्डका प्रधानमन्त्री जसिंडा अर्डरनले यसलाई आतंकवादी हमलाको संज्ञा दिएका छन् ।

    ३.पूर्व आइएस प्रमुख अबु बकर अल बगदादी मारिए

    यस वर्ष इस्लामिक स्टेट (आईएस) का प्रमुख अबु बकर अल बगदादीको मृत्युको घटनाको खबरले पनि संसारभर सन्सनी फैलियो ।  २७ अक्टोबरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिवादी समूह आइएसका पूर्व प्रमुख अबु बकर अल बगदादीको मृत्यु भएको घोषणा गरेका थिए । ट्रम्पले भनेका थिएकि अमेरिकी सेनाले सिरियामा एउटा अपरेशन चलाएको र सोही क्रममा बग्दादी मारिएका थिए । बग्दादीले आफूलाई आत्महत्या ज्याकेटमा विस्फोट गराएर मृत्युवरण गरेको आरोप समेत राष्ट्रपति ट्रम्पले लगाएका छन् ।

    ट्रम्पले यस अपरेशनले अमेरिकी सेनालाई धेरै संवेदनशील जानकारी र चीजहरू दिएको दाबी गर्दै आएका छन् । अमेरिकी सेनाले पछि यो हमलाको धेरै फुटेजहरु जारी गरेको थियो । यस फुटेजमा हेलिकप्टरबाट जमिनमा बन्दुकधारीहरुबाट गरिएको गोलीबारी पनि देख्न सकिन्छ, जहाँ बग्दादी लुकेर बसेको सुरुङ समेत थियो ।

    अमेरिकी विशेष सेनाको कमाण्डो फोर्सले यो कार्वाही गरेको थियो । उक्त कमाण्डो फोर्सले कसरी कम्प्लेक्सको भित्ता छेडे र बगदादीलाई आत्मसमर्पण गर्न भने भन्ने कुरा समेत फुटेजमा देख्न सकिन्छ । बग्दादी सुरुमा दौडिरहेको पनि देख्न सकिन्छ भने आत्मघाती बम विस्फोट भएको पनि देखाइएको छ ।

    ४. इरानको क्रान्तिकारी गार्ड फोर्सको आक्रमणमा एकैपटक २७ सैनिक मारिए 
    यो आक्रमण इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको थियो ।  सेनाका कर्मचारीहरू लिएर गुडिरहेको बसमा एक आत्मघाती हमला भएको थियो। विशेष क्रान्तिकारी गार्ड फोर्सले सो आक्रमण गरेको थियो । विस्फोटक पदार्थले भरिएको कारसँगको ठक्करपछि बसमा ठुलै क्षति भएको थियो ।

    सिस्तान र बलूचिस्तान राज्यमा भएको यो विस्फोटमा परेर २७ सैनिक मारिएका थिए भने २० घाइते भएका थिए । इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको मध्यपूर्वमा अमेरिकाको नेतृत्वमा सम्पन्न सम्मेलनका दिन सो आक्रमण भएको थियो । यस आक्रमणको लागि कुनै पनि संगठनले जिम्मेवारी भने लिएको छैन। यद्यपि यस क्षेत्रमा  ईरानी सेनासँगको झडप धेरै सामान्य र स्वभाविक देखिन्छ ।

    यो आक्रमण १९७९ मा सम्पन्न भएको इरानको प्रख्यात इस्लामिक क्रान्तिको ४० औं वार्षिकोत्सवको दुई दिनपछि भएको हो।

    ५.साउदी अरेबियामा तेल कम्पनीका मुख्य स्थानमा ड्रोन हमला
    यो वर्ष साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोमा निकै ठूलो ड्रोन हमला गरियो।  यस आक्रमणपछि दुबै प्रतिष्ठानमा भीषण आगलागी भएको थियो । यो घटनापछि साउदी तेल उत्पादनमा आधा गिरावट आएको बताइन्छ । दोस्रो ड्रोन हमला खुरस तेल क्षेत्रमा भएको थियो र त्यहाँ पनि भीषण आगलागी भएको थियो ।

    यो क्षेत्र साउदी अरेबियाको पूर्वी प्रान्त दहरानबाट ६० किलोमिटर दक्षिण पश्चिमी प्रान्तमा पर्दछ । बाकिकको तेल रिफाइनरी भएको र प्रतिदिन ७० लाख ब्यारल कच्चा तेल उत्पादन हुने बताइन्छ । यो विश्वको सबैभन्दा ठूलो कच्चा तेल स्थिरिकरण प्लान्ट भएको समेत कम्पनीको दाबी छ । यसरी यो वर्ष भएका केही मुख्य घटनाहरुलाई यहाँ समेटिएको छ । साना आक्रमणहरु भने प्रायः दिनहुँजसो विश्वभर भैरहेका छन् । -जागरण डट कम हिन्दीको सहयोगमा ( प्रस्तुतिः रंगलाल रिमाल)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑