१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।सोमबार भएको प्रतिस्पर्धामा नेपाल भारतसँग १०७-५८ स्कोरको विशाल अन्तरमा पराजित भएको हो। यससँगै बास्केटबलमा स्वर्ण जित्ने नेपालको सम्भावना समाप्त भएको छ।
जितसँगै भारतले फाइनलमा श्रीलंकासँगको भेट पक्का गरेको छ।भारतविरुद्धको खेलमा नेपालले कमजोर सुरुआत गरेको थियो। पहिलो क्वार्टरमा भारतले ३० स्कोर गर्दा नेपालले जम्मा १० स्कोर गर्न सक्यो।
दोस्रो क्वार्टरमा समान २३-२३ स्कोर गर्दै नेपालले खेलमा फर्कने प्रयास गरेको थियो। तर, तेस्रो र चौथो क्वार्टरमा क्रमशः १९-६ र ३५-१९ को नतिजा भारतलाई सुम्पिएपछि नेपालको फाइनल यात्रा टुङ्गिएको हो।