• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    हिउँद सुरू भएसँगै आगलागीका घटना बढे, एकै दिन साढे ६५ लाख बढीको क्षति

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार १३:३८
  • ३६८१

    सुख्खायाम सुरु भएसँगै मुलुकमा आगलागीका घटना बढेका छन्। एकै दिन देशका सात स्थानमा भएको आगलागीका कारण ६५ लाख ६७ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ।काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, मुगु, सिराहा, पर्सा र कास्कीमा भएका आगलागीका घटनामा उक्त क्षति भएको हो।

    प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल नर्सिङ चोकस्थित चेङ्दु होटलको भान्सा कोठामा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा भान्सा कोठा र स्टोर रूममा रहेका विभिन्न सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीस्थित पर्सा वीरगन्ज घर भएका ४१ वर्षीय महेश साहको टहरामा रहेको बा९३प ६६१ नम्बरको मोटरसाइकलमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल साथै ग्याँस सिलिन्डर ३ थान, भाँडावर्तन, कपडा र टहरा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

    यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित जिल्ला कारागार कार्यालय प्रमुख बस्ने निवास र कार्यालयसमेत रहेको जस्ताको तीन कोठे ट्रसको भवनमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कार्यालयका फर्निचर, सामान र घर पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघा बस्ने विर्ख लावड र ज्वाला लावडको घरमा आइतबार दिउँसो आगलागी हुँदा दुवैजनाको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायत सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

    यता सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुक्याही बस्ने मोहमद ईनुस मियाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। साथै, उक्त आगो निभाउने क्रममा घाइते भएका छिमेकी २५ वर्षीय नवसाद अन्सारीलाई उपचारको लागि लहानतर्फ पठाइएको छ।

    पर्साको वीरगन्ज महानगरपालिका–२७ जसौली गाउँ बस्ने हरेन्दर महत्तो कोइरीको २ वटा कुखुरा फार्ममा आइतबार राति आगलागी हुँदा फार्म तथा पार्किङ गरी राखेको ना२प ६०२ नम्बरको मोटरसाइकल र २ वटा साइकल पूर्णरुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

    कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ६४ वर्षीय विनोद गुप्ताको मोटरसाइकल ग्यारेज र कोठामा विद्युत् सर्ट भई आइतबार साँझ आगलागी हुँदा ग६प ३९३३ नम्बरको स्कुटर र ग११प ११७५ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएका छन्।

    स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन
  • किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने
  • प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो
  • सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

      चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ : अर्थमन्त्री शर्मा

      धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने

      भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास दिलाइने

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      News

      किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

      News

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      News

      सरकारले कृषिमा छुट्यायो ५५ अर्ब ९७ करोड बजेट

      News

      प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑