बाराको जीतपुरमा बिना दर्ता खुलेयाम रुपमा मदिरा पसलहरु संचालन
वीरगंज संजाल
२३ मंसिर २०७६, सोमबार ०९:१६
४६३१
बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा बिना दर्ताका मदिरा पसलहरु निर्वाध रुपमा संचालनमा रहेको पाईएको छ । घरेलु, स्थानिय तहका साथै आन्तरिक राजव कार्यालयबाट स्विकृती लिएर मात्र संचालन गर्नुपर्ने नियम रहेपनि यहां खुलेयाम रुपमा बिनारोकावट बिना दर्ताका मदिरा भट्टीहरु संचालनमा रहेका छन् ।
यसरी खुलेयाम रुपमा संचालनमा रहेका भट्टीहरुमा अबैध घरेलु मदिरासमेत खुल्मखुला विक्रि वितरन हुदै आएको छ ।जसका कारणसमाजमा झैझगडा र महिला बढ्दै गएको पाईन्छ । मुस्किलले ५०/६० रुपैया तिरेपछि एक बोतल पाउने रक्सीसेवन गर्ने पुरुषहरुबाट महिलाहरु कुटिने गरेको निवेदन प्रहरी कार्यालयमा दर्ताहुन आउने गरेको पाईएको छ ।
जीतपुर बजारमा एकाबिहानै रक्सिको पसल खुल्ने र रक्सि खाने समयपनि नतोकिएको कारण यस्ताे भएको हुन सक्ने स्थनिय भुखलीदेबि माझीको भनाई छ ।