करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा सानोपाईलका प्रमुख झा बिरुद्ध पक्राउ पुर्जी
वीरगंज संजाल
२० मंसिर २०७६, शुक्रबार ११:१४
३८३५
वीरगंज | सानो पाईला नामक गैर सरकार सस्था वीरगंजका कार्यकारी अधिकृत कन्चन झाँ र लेखापाल दिपेश सरार्फले करोडौं रकम हिनामिना गरी फरार भएका छन।गत बिहीबार १२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा झाँ र सरार्फ विरुद्ध भ्रष्टाचारको उजुरी परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
कार्यकारी झाँले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित वडा नम्बर १ रामानन्द चौकमा रहेको सानो पाइला लागू औषध पुनःस्थापना केन्द्रको भवन निर्माणमा १४ लाख ५० हजार खर्च भएको भए पनि झाँले ४८ लाखको बिल भौउचर पेसगरि लाखौ रकम हिनामिना गरेको बुझिएको छ ।
संस्थामा हरेक बर्ष बिदेशबाट रु २० लाख रकम आउने गरेकोमा यो वर्ष देखि झन बढि रकम आएका सो रकममा समेत हिनामिना भएको उजुरीमा उल्लेख गरिएको छ। २०७२ सालमा भुकम्पमा परेका पिडितहरुका लागि आएको जस्तापाता र त्रिपाल वितरण गर्दा आफ्नो हातले बिल भाउचर बनाएर लाखौं रकम हिनामिना गरेको नाम नबताउने शर्तमा संस्थाका एक जनाले बताएका छन ।
सस्थाको नियम अनुसार हरेक ३ वर्ष भित्र अधिवेशन गर्नु पर्ने भएपनि बिगत ६ वर्ष देखि अधिवेशन नगरी एकलौटी ढङ्गबाट सस्था सन्चालनमा रहेको छ । कार्यकारी भाँलाई पक्राउ गर्न अहिले पर्सा प्रहरी सकृिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक गौतम शर्माले बताउनु भयो ।
स्थाको विरुद्धमा बोल्ने कर्मचारीहरुलाई कार्यकारी झाले हटाएका छन । अहिले सम्म बिक्रान्त नेपाल, अजित राई, शैलेन्द्र त्रिपाठी, अजितम पाण्डे, साधुराम खडगी, दिपेश सिंह ठकुरी, अजित बोस, दिपराज वर्मा, सरफुला अंसारी लगायत एक दर्जन भन्दा बढि कर्मचारीलाई हटाइएको पुर्व कर्मचारी साधुराम खडकीले बताएका छन् ।
सस्थाले करोडौं विदेशी रकम हिनामिना गरेको छ । यसैरी संस्थाका कार्यकारी झाले लाखौं रकम हिनामिना गरेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा समेत कारवाहीको लागि उजुरी परेको बुझिन आएको छ ।