सात हजार घुससहित प्रहरीका असई यसरी परे अख्तियारको फन्दामा
वीरगंज संजाल
१९ मंसिर २०७६, बिहीबार १४:४३
२३४५
विराटनगर। विराटनगरस्थित घाँस चौकबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले दाहाललाई सात हजार घुससहित बुधबार साँझ पक्राउ गरेको हो ।
विराटनगरको गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै सातहजार घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टोली इन्चार्ज समेत रहेका दाहाल रंगेहात पक्राउ परेका हुन् ।