• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    सरकारी बीमामा विवाद : स्वास्थ्य बीमितले पाउँदैनन् औषधि

  • वीरगंज संजाल
  • १९ मंसिर २०७६, बिहीबार ०६:०४
  • ३११९

    जनकपुरधाम । महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए । कहिले बच्चा बिरामी पर्ने, कहिले वृद्ध आमाबाबु त कहिले आफै । एक पटक २५ सय रुपैयाँ तिरेपछि १ वर्षसम्म ५० हजार रुपैयाँ बराबरको उपचार पाउने सुनेपछि खुशी हुँदै उनले सरकारी बीमा गराए । तर, बुधवार जनकपुर अञ्चल अस्पतालमा आफ्नै उपचारका लागि पुगेका उनले शर्तबमोजिम बीमाको औषधि पाएनन् ।

    परिवारका सबै सदस्यको स्वास्थ्यबीमा गराएका उनले बुधवार न उपचार पाए, न औषधि, न त बिल भर्पाई नै । बीमा बोर्डले शर्त अनुसारको सेवा नदिएपछि आजित भएका उनले आम सर्वसाधारणलाई सरकारले ठगी गरेको महसूस गरे । स्वास्थ्य बीमाको कार्ड गोजीमा राखेर उनी निजी फार्मेसीबाट औषधि किन्न बाध्य भए ।

    धनुषाको हंसपुर गाउँपालिका–७ का रजाबुल कवारीले पनि अस्पतालले औषधि उपचार नगरीकन फर्काएको बताए । कवारीले कर्मचारीलाई सोध्दा बिदा रहेको बहाना बनाउँदै आफूलाई फर्काएपछि निजी अस्पतालमा उपचार गराएको सुनाए । बीमा कार्ड बनाएको २ वर्ष भए पनि अहिलेसम्म सन्तोषजनक उपचार नदिएको उनको भनाइ छ ।
    बीमा बोर्ड र प्रादेशिक अस्पताल जनकपुरबीच सरकारी बीमा व्यवस्थाबारे विवाद हुँदा स्वास्थ्य बीमित मर्कामा परेका छन् । बोर्डले समयमै बजेट नदिएको र हकदाबी गरेअनुसारको रकम नपाएको भन्दै अस्पतालले सेवाग्राहीलाई औषधि दिन बन्द गरेको हो । अस्पतालले करीब २ महीनाभन्दा बढी समयदेखि स्वास्थ्य बीमाकर्तालाई औषधि नदिई फर्काएको सेवाग्राहीको गुनासो छ ।

    प्रादेशिक अस्पताल खरीद एकाइ समितिका अध्यक्ष डा. जामुनप्रसाद सिंहले औषधि किन्दा लाग्नेभन्दा कम मूल्य बोर्डले दिने गरेको बताए । ‘बोर्डले २७ प्रकारका औषधि सेवाग्राहीलाई दिन निर्देशन दिएको छ, तर ती सबै बजारमा पाउन मुस्किल छ,’ उनले भने । अस्पतालले बीमाबोर्डको लागि दोकानदारी गरेर नबस्ने भन्दै उनले सेवाग्राहीको उपचार गर्न भने तयार रहेको जानकारी दिए । अस्पतालले बोर्डबाट रू. १० लाख लिन बाँकी रहेको उनले बताए ।

    बीमा बोर्डका प्रदेश–२ संयोजक रवीन्द्रप्रसाद कुशवाहा सेवा नदिने अस्पतालले सम्झौता रद्द गर्नुपर्ने बताउँछन् । ‘जुन फार्मेसी र अस्पतालसँग सम्झौता भएको छ, त्यसले सेवा दिनुपर्छ कि त सम्झौता रद्द गर्नु पर्छ,’ उनले भने । बजेटका लागि समयमै दाबी गर्नुपर्ने उनको भनाइ छ । प्रादेशिक अस्पतालले सेवाग्राहीलाई दिएको सेवा र औषधिबापतको पैसा लिन ढिलो हकदाबी गर्दा समयमै रकम नपाएको उनले बताए ।

    ‘अस्पतालले बीमा बोर्डलाई समयमै पैसाका लागि दाबी गरेनन्,’ उनले भने, ‘अस्पतालको केही पैसा बाँकी छ । अस्पतालले दाबी गरेको कागजातमा केही कमीकमजोरी देखिएको छ । केही कागजात पनि अपुग भएको छ । तर, प्रक्रिया पूरा भएको पैसा छिटै अस्पतालले पाउँछ ।’

    सर्वसाधारणलाई स्वास्थ्योपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले देशका ४८ जिल्लामा स्वास्थ्य बीमा सञ्चालन गरेको छ । सोही अनुसारको सेवा दिन बोर्डले प्रदेश–२ का धनुषा, महोत्तरी, सिरहा, पर्सा र रौतहट गरी पाँच जिल्लाका विभिन्न सरकारी अस्पतालसँग सम्झौता गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑