अहिलेको समय प्रदूषण एउटा चिन्ता हो, हाम्रो पैताला मुनि पर्ने माटोको चिन्ता के हामीले कहिले गरेका छौ ? पक्कै पनि हामि मध्य धेरैले माटोको बारेमा सोचेका छैनौ। हो, हाम्रो यहि बेवास्ता गर्ने बानीले गर्दा नै होला, अहिले विश्वभरिको करीब एक तिहाई माटोको स्तर निक्कै कमजोर भैसकेको छ। अधिकांश प्रदुषणहरू मानव गतिविधिहरूबाट उत्पन्न हुन्छन् जस्तै, औद्योगिक गतिविधिहरू, अप्रत्यक्ष शहरी फोहोरहरु र अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला गर्ने अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास अाउन थालेको हो। हुन त माटोसंग पनि केहि मात्रामा भएको प्रदुषणलाई फिल्टर गर्न सक्ने क्षमता हुन्छ, तर त्यो निक्कै सिमित छ।
माटो स्वच्छ हुनुले बोटबिरुवाको विकास मात्र प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटो धेरै कीराहरू र अन्य जीवहरूका लागि आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानि, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले पनि माटोको बारेमा सोचेनौ भने विश्वले निक्कै चाडै खाद्यान्न सङ्कटको सामना गर्नेछ।
वास्तविकता उजागर भैसकेको छ। अब माटोको बारेमा सोच्ने मात्र हैन, यसलाई लाभदायिक हुने कामहरु मात्र गर्ने बेला आइसकेको छ। भविष्यमा आउने खतराको बारेमा जानी बुझी हामि अब जोखिम उठाउन सक्दैनौ। विश्व माटो दिवसले फैलाउने जागरुकतामा आजै देखि ध्यान दिउ।
शुभकामना