अर्थात् समाजमा या देशमा सबैको एकनाश समुन्नती हुँदैन, विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवकको भूमीका रहन्छ ।
स्काउटको लूगा लगाएर भिडभाडमा उभिएका, लाईन मिलाउने अनि सहयोग गर्ने साथीहरु कुनै पैसा या सुविधाको लालसामा खटेका हैनन्, रेडक्रसमा गएर रगत दिने अनि स्कूल स्कूलबाट रकम उठाएर रक्तदान अनि सेवाकालागि हरेकपल उपस्थित हुने जमात नै स्वयमसेवक हुन् । ति तमाम स्वयमसेवकहरुलाई हाम्रो पात्रो शब्द सम्मान प्रकट गर्दछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।
पोलियो विरूद्धको अभियानमा घरघर गएर बालबच्चालाई पोलियोको थोपा खुवाउने निमन्त्रणा दिएका छौं । यस्ता कार्यहरु पैसा हैन आत्मसन्तुष्टिकालागि, नैतिक, सामाजिक जिम्मेवारीकालागि गरिन्छ । स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।
त्यस्तै ‘हेल्दि सिटीजन नेपाल’, जस्ता अन्य धेरै स्वयमसेवी सस्थाहरु नेपालमा छन् जसले विनाकुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयमसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टी छ र संधै स्वयमसेवा गर्न नसके पनि समय-समयमा रक्तदान गरेर या कहिं कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन संगै खाना या खाजा लगेर बाँडौं, हाँस्न सिकाऔं, आफूपनि हाँसौं ।
सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ ।
सबै स्वंसेवकहरुलाई नमन ।