• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ट्राफिक कारबाहीपछि दुर्घटना, मृतक १४ कै सनाखत

  • वीरगंज संजाल
  • १७ मंसिर २०७६, मंगलवार १८:३९
  • ३१३९

    बागलुङ : जिल्लाको पश्‍चिम बडिगाड गाउँपालिकामा मंगलबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुने १४ जनाकै पहिचान खुलेको छ । गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा दुर्घटनामा परेको थियो।

    ठूलो मानवीय क्षती हुनेगरि भएको दुर्घटना तीव्र गतिका कारण भएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी निरीक्षक रिणबहादुर बैदवारले जानकारी दिए।दुर्घटनाग्रस्त जीप मध्यपहाडी लोकमार्गको सडक छेउका चार पिल्लर भाँच्दै करिब ५ सय मिटर तल खोलामा खसेको छ ।

    गुल्मीको इश्मा गाउँपालिकाबाट बालबच्चाबाहेक २२ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा करिब आधा घण्टा अगाडी ग्वालीचौरको खौलारामा ट्राफिक कारवाहीमा परेको थियो ।ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठजनालाई सोही स्थानमै झारेको थियो । दुर्घटनामा परेको जीपमा बालबच्चा सहित १८ जना सवारी थिए ।

    ट्राफिकले झारेका यात्रुले अर्को गाडी खोजेर हिँडेको भीमबहादुर कार्कीले बताए । ‘प्रहरीले झारिदिएका सबैलाई बाँच्न लेखेको रहेछ, ‘कार्कीले भने, ‘निसीखोलामा कुल पूजा गर्न र निम्तो मान्न आएका दाजुभाइ, पाहुना र चेलीबेटीमा रुवाबासी छ, पूजाको बेलामा यो के भोग्नुपर्‍यो।’

    दुर्घटनामा परेका सबै बुधबार निसीखोलाको बायखोलामा कार्की बन्धुको कुलपूजाका लागि जाँदै थिए । कार्की बन्धुहरुको हरेक तीन/ तीन वर्षमा हुने कुल पूजाका लागि इश्माबाट आफन्त आउने बेलामा अप्रिय दुर्घटनाको खबर सुन्नु परेको बायखोलाका दिलबहादुर कार्कीले बताए।

    निसीखोलामा मंगलबार राती कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाँगन बस्ने र बुधबार कुल पूज्ने कार्यक्रम थियो । दुर्घटना पछि कार्की गाउँ भनेर चिनिने निसीखोला १ को बायखोला गाउँसहित गुल्मी इश्मा स्तब्ध बनेको छ ।

    दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका ५ का वर्ष ३० का सूचना कार्की, वर्ष ४० की बसुन्धरा कार्की, वर्ष २२ की माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक वर्ष २५ का रेशम थापा रहेका छन्।

    यस्तै ४० वर्षीया सिता कार्की, उनकी चार वर्षीया छोरी अनुसा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने  ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी, कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् । इश्मा गाउँपालिकाकै ६५ वर्षीय धनबहादुर कार्की भने अझै बेपत्ता छन्।

    दुर्घटनामा तीनजना घाइतेलाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। ‘हामीले यताबाट पनि पहल गर्‍यौं, प्रजिअ क्षत्रीले भने, ‘गुल्मीका सांसद मन्त्री गोकर्ण बिष्ट आएर घाइतेलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको हो।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑