काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकाविरुद्ध खेलिरहेको नेपालको एक सय रन पूरा भएको छ । नेपालले १४.१ ओभरमा सय रन बनाएको हो ।
नेपालका दीपेन्द्र ऐरी ३४ रन र बिनोद भण्डारी २० रनमा नटआउट छन् । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, आरिफ सेख १९ तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भएका थिए ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा घरेलु टोली नेपालले श्रीलंका यू–२३ सँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाले टस जितेर नेपाललाई पहिले व्याटिङको निम्तो दिएको हो ।
यो समाचार तयार पार्दै गर्दा बिनोद भण्डारी आउट भएका छन् । भण्डारीको विकेट १५ ओभरको पाचौं बलमा कमिण्डु मेण्डिसले झारे । यससँगै नेपालले १५ ओभर समाप्तिमा १०८ रन जोडेको छ ।
यसअघि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, आरिफ सेख १९ तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भएका थिए ।