धरान उप-महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार तिलक राई विजयी
वीरगंज संजाल
१६ मंसिर २०७६, सोमबार १४:०४
३६२९
सुनसरी । धरान उप महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । उनले को प्राप्त मत २६ हजार ७ सय ९ मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी सत्तारुढ दल नेकपाका उम्मेदवार प्रकाश रार्इलाई झण्डै ३ हजार मतले पछि पादै विजयी भएका हुन् ।
नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्रै पाएका छन् । यद्यपि तिलक राईको विजयीलाई औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । त्यसैगरी लिम्बुवानले पनि १ हजार १ सय ३१ मत सहित तेस्रो स्थान ओगटेको छ ।
त्यसैगरी राप्रपाले १ सय ५९ मत पाएको छ । साँझा पार्टी १ सय १३ मत पाएको छ । धरान उप महानगरपालिकामा ५४ हजार ८ सय ४८ खसेको मत मध्ये १ हजार १ सय ४१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । यहाँ नेकपाबाट निर्वाचित मेयर तारा सुब्बाकाे निधन भएपछि पद रिक्त रहेकाे थियाे ।