बिधुत चोरी मुक्त गांउ बनाउने अभियान चलाउदै- प्रबक्ता अरुण सिंह
वीरगंज संजाल
१५ पुष २०७६, मंगलवार २२:२५
६४५१
बारा | दिनहु जसो बिधुत चुहावटमा पक्राउ परि कार्यवाहीको भागी बनी रहेको बारा बासी हरुले , राजपा नेपाल बारा प्रबक्ता अरुण सिंहको विशेष पहलमा देवताल -१ ( बडकि फुलवरिया )का दर्जनौं सर्वसाधारणले आज बिधुत प्राधिकरण शाखा कलैया बित्रन केन्द्र बाट नेपाल सरकारले तोकेको राजस्व बुझाइ घर-बतिको लागि नयाँ मिटर लियेका छन |
केही महिना अगाडि देखिनै नेता सिंहले आफ्नै गाउँ बाट बिधुत चोरी मुक्त अभियान सुरु गर्नु भयेको हुँदा यसो हुन गएको हो भन्ने कुरा त्यस कार्यालयका कर्मचारी कमलेस गिरि बताउछन् | यता प्राधिकरणले पनि दिनहु गाउँ -गाउँ मा चेक जाँच गरिरहेको पनि कर्मचारी गिरि बताउँछन् | युवा नेता सिंहको भनाइ मा आफुले सुरु गरेको यो अभियान जारी रहने भनेका छ्न भने असाध्यै गरिब तथा अति बिपन्न परिवारलाई नेपाल सरकारले निसुल्क मिटर उपलब्ध गराइ दिनु हुन नेपाल सरकारलाई आग्रह गरेका छन |