वीरगंज । वीरगंज महानगरपालिकामा अख्तियारको छापा परेको छ ।अख्तियारको छापामा माहानगरका कम्प्युटर अपरेटर राकेस जैसवाल रु १५००० घुस सहीत रंगेहात पक्राउ परेका छन् ।
वीरगंज महानगरपालिका वडा नं. ४ निवासी जयवालले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० स्थित सडक ढलानकाे सम्पन्न प्रतिवेदनकाे लागि सेवाग्राही संग घुस मागेका थिए । साेही घुस रकम सेवाग्राही संग लिने क्रममा रंगे हात जयवाललाई पक्राउ गरिएकाे अख्तियारकाे टाेलीले जनाएकाे छ ।
जयसवालले लिएकाे घुसकाे रकम लेखा अधिकृत राउतकाे कार्यकक्षकाे साेफाबाट बरामद भएकाे थियाे । जयसवालकाे यस्ता गुनासाेहरु धेरै आए पछि छापा मारी गरिएकाे अख्तियारकाे एक कर्मचारीले वताए । तर पक्राउ परेका जयसवाले मलाई फसाइएकाे वताएका छन् ।रासस