काठमाडौं | चावहिल गणेशस्थानबाट कस्तुरीको बिनासहित प्रहीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोगंबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका– ७ का ३८ वर्षीय श्याम राई रहेका छन्। उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले राईलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ६ वटा डल्ला बनाई प्याकिङ गरेको अबस्थामा बिना बरामद भएको हो।