काठमाडौं । नेपाली बजारमा चारदिनदेखि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबारदेखि सुनको मूल्य स्थिर रहेको हो ।
शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ७३ हजार ३ सय र तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबारसम्म पनि सोही मूल्यमा सुनको कारोबार भएको महासंघको भनाइ छ । महासंघका अनुसार सुनको यो मूल्य हाल सम्मकै उच्च हो ।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने घटबढ भइरहेको छ । आइतबार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ । baahakhari