जीतपुरसिमरामा चिसोले एकको मृत्यू, बिपद् ब्यवस्थापन समिती निस्कृय
वीरगंज संजाल
१३ पुष २०७६, आईतवार ११:४२
४६५९
सिमरा | अत्याधिकक चिसोका कारण कठ्याङ्ग्रीएर बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एकजनाको मृत्यू भएको छ ।
उपमहानगरको वडा नम्बर २३ स्थित मस्जिद टोलका ५५ वर्षिय स्माइलमेहा मन्सुलीको चिसोका कारण ज्यान गएको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिए ।
फुसको घरमा बस्दै आएका अतिबिपन्न परिवारका उनी आज बिहान सुतिरहेकै स्थानमा मृत फेला परेको वडा अध्यक्ष देवानले जानकारी दिए ।
बिपद् ब्यवस्थापन समिती निस्कृय पुस १ गतेदेखीनै यस क्षेत्रमा हुस्सु र शितलहरसँगै चिसो बढ्दै गएको छ ।
चिसोले ज्यानै जाने अवस्था श्रृजना हुँदा समेत जीतपुरसिमरा उपमहानगरपालिकाको बिपद् ब्यवस्थापन समितीको बैठक अझै बस्न सकेको छैन ।
नगर प्रमुख डा. कृष्ण पौडेलले चासो नदिँदा बैठक बस्न नसकिएको बिपद् ब्यवस्थापन समितीका संयोजक एवं वडा अध्यक्ष अस्लम देवानले बताए ।
कार्यपलिका मार्फत बिपद् ब्यवस्थापन समितीको संयोजकमा आफु रहने भनिएपनी बैठक आह्वान गर्ने अधिकार नगरप्रमुखमा निहित भएकाले आफुले बैठक राख्न नसकेको उनले बताए ।
‘नगर प्रमुखलाई म लागायत अन्य वडा अध्यक्ष हरुले समेत पटक पटक बैठक बसौँ भनेर अनुरोध गरेका छौँ ।’ संोयोजक देवानले बारा खबरसँग भने, ‘तर अझैसम्म बैठक बोलाउनुभएको छैन । अव त ज्यानै जाने अवस्था आइसक्यो ।’
यता नगर प्रमुख डा. कृष्ण पौडेलले यस बिषयमा छलफल भैरहेको बताएका छन् । ‘१० बजे सम्बन्धित सबैजना नगरपालिकाको कार्यालयमा जम्मा भएर एउटा निर्णय लिनेछौँ । barakhabar