सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार वर्षकै सबभन्दा चिसो भएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धनगढीको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यो वर्षकै न्यून हो।
पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढ्ने क्रमसँगै धनगढीमा पनि बढी चिसो महसुस गरिएको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। तापक्रम अझै घट्नसक्ने फिल्ड कार्यालयको अनुमान छ।
चिसो बढ्दै गएपछि कैलालीका विभिन्न स्थानमा आगो बाल्ने व्यवस्थासमेत मिलाइएको छ। स्थानीय तहलगायत सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो बाल्नका लागि दाउरा वितरण गरेर बजारका चोकचोकमा आगो बालिएको छ।