• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नक्कली घिउ बनाउनेहरू भन्थे- खुद्रा विक्री गर्दैनौँ, थोकमा मात्रै

  • वीरगंज संजाल
  • १२ पुष २०७६, शनिबार १२:२५
  • ५३३१

    वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हटोलको बस्ती नजिकैको स्थानमा नक्कली घिउ उत्पादन गरेको आशङ्कामा गत आइतवार प्रहरीले छापा मार्‍यो।त्यहाँ एउटा करीब १५ धुर जग्गामा इँटको पर्खाल उठाएर घेरिएको तथा माथिबाट जस्ताको छाना लगाएको टहरा देखिन्छ।

    नजिकै घना बस्ती रहेको छ भने कारखाना नजिक एक विद्यालय र टाँसिएकै एक घर रहेको छ।

    नजिकैका घरमूली अनवर अन्सारीले आफू उक्त स्थानमा तीन वर्षदेखि बस्दै आएको बताउँछन् र कारखाना भने करिब एकवर्षदेखि सञ्चालनमा आएको बताउँछन्।

    ‘खुद्रा पाइन्न’

    उनले भने, “यहाँ आसपासमा मानिसहरू कारखानामा के भइरहेको छ वा के उत्पादन भइरहेको छ भनेर वास्ता गर्दैनथ्यौँ। छापा मारेपछि मात्र थाहा भयो। कारखानामा उत्पादन हुने घिउ हामीलाई पनि विक्री गर्नुहोस् न भन्दा खुद्रा नपाइने र बाहिरको लागि मात्र भएको कर्मचारीले बताउने गरेका थिए।”

    अहिले उद्योगमा ताला लगाइएको देखिन्छ।

    अर्की स्थानीय सविता देवीले भनिन्, “गाउँका मानिसहरूले किनेर खाएको भए? हालसम्म त कतिजनाको स्वास्थ्यमा कस्तो नराम्रो असर परेको हुन्थ्यो होला भन्ने कुरा सोचेरै चिन्ता लाग्छ। प्रहरीले छापा मारेपछि पो रहस्य बाहिर आयो।”

    जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बाट नक्कली घिउ बनाउने कारखानामा गत आइतवार छापा मारी ३ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

    प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार, प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले लक्ष्मण ब्रह्मचोक नजिक सञ्चालन गरिएको अखाद्य पदार्थ, नक्कली घिउ बनाउने कारखानामा छापा मारेर कारखाना सञ्चालक सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

    उद्योगका सञ्चालक वीरगन्ज १५ का अनिल श्रेष्ठ, सोही ठाउँका रमेश श्रेष्ठ र भारत जिल्ला मोतिहारी पूर्वी चम्पारणका कामदार रामविलास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।

    छापामार्ने क्रममा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धि बिनायक पूजा सामग्री प्रोडक्टस उद्योगमा रसायन मिसावट गरी तयार पारिएको नक्कली घिउ विभिन्न ब्राण्डमा फेला पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    कारखानामा पूजा, दुर्गा र गोकुल नामक शुद्ध घिउको लेबल र विभिन्न ब्रान्डका स्टिकर लगाई नक्कली घिउ उत्पादन तथा विक्री वितरण भएको प्रहरीको भनाइ छ।

    प्रहरी नायव उपरीक्षक शाहीले भने,” आइतवार साँझ कारखानामा १२ किलोको दरले पूजा, दुर्गा र गोकुल ब्राण्डका ५२ कार्टुन घिउ, डाल्डा घिउ २० किलोको दरले २९ कार्टुन र पाम आयलबाट अखाद्य तथा नक्कली घिउ बनाउन प्रयोग हुने २ किसिमको रसायन, लेबलिङ गर्न प्रयोग हुने विभिन्न ब्राण्डका स्टिकर , घिउ तौल गर्ने मेशिन, भाँडा कुँडा, चुलो, सिलिन्डर, कराइ, लगायतका सामग्री बरामद गरिएको छ।

    अनुसन्धान

    उक्त उद्योगबाट नक्कली घिउ उत्पादन भइरहेको सूचनाको आधारमा छापा मारिएकोमा तीनै जनालाई अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको बताइएको छ।

    यो वर्ष नक्कली घिउ उद्योग फेला परेको यो पहिलो घटना भएको प्रहरी नायव उपरीक्षक शाहीले बताए।

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनुसन्धान अधिकृतले नमूना लिएर त्यसमा मिसावटको मात्रा तथा त्यसले पुर्‍याउन सक्ने हानिबारे छानबिन हुँदैछ।

    उनले अनुसन्धानका लागि समय लाग्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑