• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    धनकुटाको तेलियाबाट ठूलो परिमाणमा अवैध काठ बरामद

  • वीरगंज संजाल
  • ११ पुष २०७६, शुक्रबार १५:२३
  • ४२८३

    धनकुटा | जिल्लाको छथर जोरपाटी गाउँपालिका- ४ तेलियास्थित निरौला डाँडाबाट ठूलो परिमाणमा अवैध काठ बरामद भएको छ। स्थानीय व्यापारी नारायण गिरीको संलग्नतामा उक्त क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीसहित स्थानीय बासिन्दाहरूको टोलीले उक्त काठ बरामद गरेको हो।

    टोलीले उक्त स्थानबाट सरकारी ऐलानी जग्गामा ४३ ओटा खोटेसल्ला जातका रूखहरू कटान गरी ढुवानी गर्न लागेका २ सय ५ थान गोलिया काठहरू  बरामद गरेको निशानदेवी सबडिभिजन वन कार्यालय धनकुटाका प्रमुख रामबाबु यादवले बताए। सो काठ नापजाँच गर्दा १ हजार १ सय क्यु फिटभन्दा बढी हुन आउँछ।

    बरामद गरिएको उक्त काठ सरकारी नियन्त्रण र स्थानीय बासिन्दाहरूको संरक्षणमा राखिएको र तत्कालै निर्णय गरी उचित व्यवस्थापन गरिने र दोषीमाथि छानविन गरी आवश्यक कारबाही गरिने उनले बताए। त्यस्तैगरी सोही जग्गासँग सिमाना जोडिएको डिभिजन वन कार्यालय धनकुटाको जग्गा र रातमाटे डाँडा सामुदायिक वनसँग जोडिएको ऐलानी जग्गामा समेत हालसालै रुखहरु कटान गरी बिक्री गरेको पाइएको छ।

    वन कार्यालयको जग्गामा अनुमती नै नलिई  गिरीकै संलग्नतामा ती रुखहरु काटिएको स्थानीय बासिन्दाहरु बताउँछन्। यसबारेमा जिज्ञासा राख्दा सब डिभिजन प्रमुख यादवले भने पहिले सो जग्गा व्यक्तिका नाममा रहेको र हाल आएर कोशी करिडोरले खरिद गरी वन कार्यालयलाई जिम्मा दिएको हुँदा जग्गाधनीले पहिले नै ती रूख बेचेको हुनसक्ने बताएका छन्।

    तेलिया र आसपासका वन क्षेत्रहरुमा वर्षौं अघिदेखि नै यस्ता अवैध क्रियाकलाप हुँदै आएको भए पनि दोषीलाई सामान्य सोधपुछ र मिलेमतोमा मुद्दा टुङ्याइने प्रचलनले गर्दा समस्याले विकराल रुप लिँदै आएको स्थानीय बासिन्दा योगेन्द्रप्रसाद घिमिरे बताउँछन्।

    आफूहरु वनको उपभोक्ता र संरक्षकसमेत भएकाले दोषीमाथी कारबाही गरी यस्ता अवैध कार्यहरुलाई रोक्न वन कार्यालयलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको स्थानीय भन्ज्याङ डाँडा सामुदायिक वनका अध्यक्ष सोमबहादुर लिम्बूले बताए। तस्करीमा संलग्न नारायण गिरीले भने आफूलाई अरूले नै प्रयोग गरेर फसाएको बताएका छन्। Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑