ठोरी । पर्साको ठोरीबाट चितवनको भरतपुर आउँदै गरेको बसले किचेर एक युवकको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका-१ रोजीनगरका २१ वर्षीय अनम प्रजा रहेका छन् ।
ठोरी भन्सार क्षेत्रबाट चितवनको भरतपुरका लागि छुटेको ना५ख १२१२ नम्बरको बसको ढोकाबाट खसेका प्रजालाई बसको पछाडिको चक्काले किच्दा उनको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।
तमुचोकबाट बसको छतमा चढेका प्रजालाई सहचालकले बसभित्र बसाएको भएपनि मदिरा सेवन गरेकाले उनी ढोकामा अटेर गरी बसेर यात्रा गर्ने क्रममा खसेको बसमा सवार यात्रुहरुलाई उदृत गर्दै प्रहरी निरीक्षक पन्तले बताए । बसका चालक फरार रहेको र ठक्करदिन बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । Nepalpostdaily