१०० यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना, ७ जनाकाे मृत्यु
वीरगंज संजाल
११ पुष २०७६, शुक्रबार ११:११
४९१३
कजाकस्तान । कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ । बेक एयरको बिमान दुर्घटनामा परेको हो । ७ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । यता, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको जनाएको छ ।
विस्तृत समाचार आइसकेको छैन । अल्माटी बिमानस्थलबाट उड्नासाथै सो बिमान दुर्घटनामा परेको हो । इमर्जेन्सी सर्भिस पर्सनलहरु त्यहाँ तत्काल पुगेका छन् । स्थानीय समय अनुसार बिहान ७ः२२ बजे सो बिमानले उचाइ गुमाएको थियो । बिमान दुई तले भवनमा झरेको थियो ।
फुटेजमा उद्धारको कार्य भइरहेको देखाइएको छ । एक जना महिलाले एम्बुलेन्स भन्दै कराइरहेको सुनिएको छ । सो बिमान कजाकस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुर्सुल्तानतर्फ जान लागेको थियो । अल्माटी बिमानस्थलले बिमानमा ९५ यात्रु र ५ क्रु मेम्बर रहेको जनाएको छ ।
दुर्घटना कसरी भएको हो भन्ने जाँच गर्न विशेष आयोग बनाइएको छ । बेक एयर सन् १९९९मा स्थापना भएको हो । भीआईपी फ्लाइट अपरेसन सञ्चालन गर्ने उदेश्यले यो बिमान कम्पनी खुलेको कम्पनीको वेवसाइटमा उल्लेख छ । अहिले सो कम्पनीले कजाकस्तानको सबैभन्दा कम मूल्यको सेवा दिने कम्पनीको रुपमा समेत उल्लेख गरेको छ ।
२९ जनवरी २०१३मा पनि कोकशेताउ भन्ने उत्तरी शहरबाट आउँदै गर्दा अल्माटी नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । यस्तै, २०१२को २६ डिसेम्बरमा सैनिक बिमान दुर्घटना हुँदा कजाकस्तानका बरिष्ठ सुरक्षा अधिकारीकै मृत्यु भएको थियो । Baahrakhari