• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कर तिर्न जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता

  • वीरगंज संजाल
  • ११ पुष २०७६, शुक्रबार ०८:४३
  • ४९३७

    डोटी : ‘गाउँगाउँमा सिंहदरबार’ भनिए पनि कर बुझाउनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अझै हटेको छैन। एक स्थानीय तहमा एक बैंक रहने भने पनि कर जम्मा गर्ने सुविधा राष्ट्रिय वाणिज्य बैंकमा  मात्र भएकाले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको सायल गाउँपालिकाका लेखापाल प्रयागराज उपाध्यायले बताए। स्थानीय तहमा स्थापना भएका वित्तीय संस्थाहरुको शाखाले सामान्य आर्थिक कारोबार गरे पनि राजस्व जम्मा गर्दैनन्।

    ‘हामीलाई त दोहोरो मार परेको छ। चेक साट्न नबिल बैंकमा जानुपर्ने, राजस्व जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंक धाउनुपर्ने,’ लेखापाल उपाध्यायले भने, ‘नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व वाणिज्य बैंकमा मात्रै जम्मा हुन्छ। हामीले पारिश्रमिक कर, सामाजिक सुरक्षा कर, अग्रिम कर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष वाणिज्य बैंकमै जम्मा गर्नु पर्छ।’ गाउँमा रहेको नबिल बैंकले राजस्व लिन नमानेको समेत उनी बताउँछन्। एउटा बैंकको चेक ल्याएर जिल्ला सदरमुकाम आउनुपर्ने र अर्को बैंकले तान्दा थप एक दिन लाग्ने भएकाले झण्झटिलो भएको उपाध्यायको भनाइ छ। बिमाको रकम समेत वाणिज्य बैंकमै जम्मा गर्नुपर्ने प्रावधान रहेको छ। डोटी बडीकेदार गाउँपालिकाका लेखापाल दलबहादुर धामी पनि कर बुझाउन झन्झट भएको वताउँछन्। ‘सबैभन्दा समस्या ठेकेदारहरुबाट काटिने मूल्य अभिवृद्धि करको रहेको छ,’ धामी भन्छन्, ‘उक्त कर प्रत्येक महिनाको २५ गतेभित्र बैंकमा दाखिला गरेर सम्बन्धित ठेकेदारलाई जानकारी दिनुपर्ने प्रावधान छ। त्यसैले महिनैपिच्छे सदरमुकाम धाउनु पर्छ।’

      डोटीका नौवटा स्थानीय तहमध्ये सात स्थानीय तहले कर तिर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ। जिल्ला सदरमुकामको दिपायल सिलगढी नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकका दुई शाखा र कृषि विकास बैंकको एक शाखा रहेको छ। जोरायल गाउँपालिकामा कृषि विकास बैंकको शाखा भएका कारण अन्य स्थानीय तहको तुलनामा करका केही शीर्षकको जम्मा गर्न पाइन्छ।  स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरुमा पनि यस्तै समस्या छ। केआई सिंह गाउँपालिका–६ को देवस्थल माविका प्रधानाध्यापक रघुनाथ पाठक शिक्षकको तलब बुझ्न करिब दुई घण्टाको पैदल दूरीमा रहेको गाउँपालिकाको केन्द्रमा रहेको बैंकबाट बुझे पनि शिक्षकहरुको सञ्चय कोष, नागरिक लगानी कोष र बिमाको रकम जम्मा गर्न जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ।

    ‘पहिले तलब लिन गाउँपालिका केन्द्र जानुपर्ने, फेरि फर्किएर जिल्ला सदरमुकाम गई राजस्व जम्मा गर्नुपर्ने वाध्यता छ,’ प्रधानाध्यापक पाठकले भने, ‘यसलाई सजिलो भन्ने कि असजिलो?’  कानुनअनुसार राजस्व जम्मा गर्ने अधिकार सरकारी स्वामित्वको वाणिज्य बैंकहरुलाई मात्र रहेको राष्ट्रिय वाणिज्य बैंक डोटी शाखाका प्रवन्धक हरकसिंह धामीले बताए। ‘अहिलेसम्मको व्यवस्थाअनुसार अन्य बैंकहरुले राजस्व जम्मा गर्न पाउँदैनन्,’ उनले भने, ‘सरकारले कुनै नयाँ नीतिगत व्यवस्था नगरेसम्म सरकारी स्वमित्वको वाणिज्य बैंकहरुमै जम्मा गर्नु पर्ने व्यवस्था छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑