काठमाडौं । खाना पकाउँदा मसलाको रुपमा जिरालाई प्रयोग गरिन्छ । जिराको नियमित उपयोगले स्वास्थ्यमा के–कस्तो फाइदा गर्छ भन्ने कुरा हामीलाई कमै थाहा हुनसक्छ ।आयुर्वेदिक डाक्टरका अनुसार जिरालाई सही तरिकाले प्रयोगमा ल्याउन सकियो भने विभिन्न गम्भीर रोगहरुबाट समेत बच्न सकिन्छ ।
जिराको नियमित सेवनले निम्न रोगबाट बच्न सकिन्छ…
पेटको समस्याबाट छुटकारा : जिरालाई पानीमा भिजाएर हल्का नुन राखेर पिउँदा स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । नियमित जिरा पानी पिउनाले कब्जियतको समस्याबाट राहत मिल्छ । त्यस्तै पेट र पाचन तन्त्रलाई राम्रो बनाउँछ ।
मोटोपनाबाट छुटकारा : सानो भाँडोमा पानी राखेर एक चम्चा जिरा राखेर उमाल्नुहोस् । त्यसपछि रातभरि छोपेर छाडिदिनुहोस् । भोलि विहान हल्का तताएर जिरासँगै पिउनुहोस् । नियमित यसो गर्दा मोटोपनाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
मेमोरी बढ्छ : दैनिक आधा चम्चा जिरा खानाले मेमोरी बढ्ने डाक्टरहरुको भनाइ छ । आयुर्वेदका अनुसार जिरामा एन्टी–अक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ । जसले मेमोरी पावर शार्प गर्न सहयोग गर्छ ।
त्वचामा चमकता फर्काउँछ : जिराको पाउडर बनाएर थोरै बेसार मिसाएर फेसप्याक बनाउनुहोस् । त्वचालाई सफा गर्नका लागि सो फेसप्याकको प्रयोग गर्नुहोस् । यसले त्वचामा चमकता ल्याउनुका साथै नरम बनाउन मद्दत गर्छ । News 24