लम्बियो जाडो विदा,ठोरीका सबै विद्यालयहरु आइतबारमात्र खुल्ने
वीरगंज संजाल
१० पुष २०७६, बिहीबार १४:२५
४६४७
ठाेरी | अत्यधिक चिसाे र शितलहरका कारण पठनपाठनमा समस्या हुनेभएपछी गत शुक्रवारदेखि बन्द ठाेरी गाउँपालिकाका सम्पुर्ण सामुदायिक एवम् सँस्थागत विद्यालयहरुमा थप २ दिन विदा हुने भएकाे छ।
मौसममा सुधार नभएको र अझै अत्यधिक चिसो र शितलहर जारी रहेकाले नेपाल शिक्षक महासंघ ठोरीको आग्रहमा आज बिहिवार १० गते र भोलि ११ गते ठोरी गाउँपालिका कार्यालयले शैक्षिक सँस्थामा विदा दिएको नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।
गाउँपालिका कार्यालयले विहिबार र शुक्रबार विदा दिएसंगै गाउँपालिकाभित्रका सबै विद्यालयहरु पौष १३ गते आइतबारदेखि नियमित खुल्नेछ्न।बढ्दाे चिसाेले विद्यार्थीकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने र पठनपाठन समेत प्रभावित हुने भन्दै नेपाल शिक्षक महासंघ ठाेरीकाे अाग्रहमा ठाेरी गाउँपालिका कार्यालयले गत शुक्रवार देखि मङ्गलबारसम्म सम्पुर्ण शैक्षिक सँस्थाहरुमा विदा दिएकाे थियाे।
बुधबार (हिजाे)गाउँपालिका कार्यालयले ईसाई धर्माबलम्विहरुका लागि क्रिसमस डे काे सार्वजनिक विदा दिएकाे थियाे।चिसोका कारण पर्साका अधिकांश सामुदायिक विद्यालयहरुमा शनिबारसम्म विदा दिइएको छ।Nepalpostdaily