काठमाडौं । सुनको मूल्य साताकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबार सुनको मूल्य साताकै उच्च पुगेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७२ हजार ८ सय र तेजावी सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको हो । bahakhari