चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने ठोरी -३ मा मृत अवस्थामा बाघ फेला
वीरगंज संजाल
९ पुष २०७६, बुधबार १२:३४
४९०७
चितवन | चितवन राष्ट्रिय निकुञ्ज भित्र एउटा बाघ मृत फेला परेको छ।राष्ट्रिय निकुञ्ज अन्तरगत ठोरी -३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने जङ्गलमा वयस्क बाघ मृत फेला परेको हो।
बुधबार सामुदायिक वन क्षेत्रमा घाँसदाउरा लिन गएका स्थानीयले करीब १० बजेतिर गाउँबाट करिब १ किलाेमिटर भित्र जङ्गलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए।उनले उक्त बाघ बङ्गाल टाइगर प्रजातिको भएको बताउँदै मृत्यु हुनुको कारण अनुसन्धान पछि मात्र खुल्ने बताए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोलि घटनास्थलमा आउँदै गरेको समेत अध्यक्ष बस्नेतले बताए ।उनले टोलिले अनुसन्धान गरेपछि मात्र मृत्युको कारण थाहा हुने प्रष्ट पारे।मृत बाघलाई निकुञ्ज प्रशासनले आज नै कसरा लैजाने छ ।nepalpostdaily