सर्लाही । सर्लाही जिल्लाका दुइ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट करीब दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार जिल्लाको रामनगर गाउँपालिका वडा न–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा अचानक आगलागी हुँदा करीब एक लाख ८० हजार बराबरको सरसामान जलेर नष्ट भएको छ ।
आगलागीबाट बैठाको पसलमा रहेको ८६ हजार नगद सहित ल्यापटप १ थान, ग्यालेन्डर मेसिन १ थान, पंखा ३ थान, पलंग र आवश्यक कागजात जलेर नष्ट भएको जनाइएको छ ।
आगलागी के कति कारणले भएको हो ? खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै सदरमुकाम मलंगवादेखि पश्चिम केही दुरीमा रहेको कौडेना गाउँपालिका वडा न–५ मा ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब ८० हजार रुपैया बराबरको क्षति भएको भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । mahottaripost