• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

  • वीरगंज संजाल
  • ९ पुष २०७६, बुधबार ०६:११
  • ५६२७

    काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

    चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

    उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

    गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।

    स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ ।

    काठमाडौं आएर उनीहरूले नेपालबाट आफ्ना देशमा भइरहेका साइबर अपराध र आर्थिक अपराधसँग जोडिएका अपराध विषयमा नेपाल प्रहरीसँग संयुक्त रूपमा समन्वयमा काम गरिरहेको स्रोत बताउँछ ।

    पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ परेकाहरूमाथि परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालको कानुनकै परिधिभित्रै रहेर मुद्दा प्रक्रिया सुरु भइसकेको बताए । उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ ।

    चीन सरकारको विदेश मन्त्रालयले समेत आफ्नो विशेष आग्रहमा नेपाल प्रहरीले काठमाडौंमा १ सय २२ जना चिनियाँ नागरिकलाई दुवै देशको संयुक्त कारबाहीमा पक्राउ गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

    फिलिपिन्समा यस्तै प्रकृतिको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिका अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो ।

    कारबाहीको डरले भागेर नेपालमा

    चीनले आफ्नो मुलुकमा विदेशी भूमिबाट आर्थिक अपराधका घटना गराएको पाइएको भन्दै फिलिपिन्स, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायतका देशमा रहेका आफ्ना नागरिकमाथि कडा निगरानी राख्दै आएको छ ।

    आर्थिक अपराधको घटनामा चीनको कडा निगरानीपछि केही दिनअघि फिलिपिन्सबाट ६ सय १ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

    नेपालमा सोमबार पक्राउ परेकामध्ये केही भने ती मुलुकबाट कारबाहीको डरले भागेर नेपाल आएको आशंका चिनियाँ विशेषज्ञ अनुसन्धान टोलीसहित नेपाल प्रहरीको छ ।
    ‘अन्यत्र रहेर आर्थिक अपराधमा संलग्न रहेका केही चिनियाँ उनीहरूकै सरकार तहबाट कडा निगरानीपछि भागेर नेपाल आएको अनुमान छ, पक्राउ परेकामध्ये केहीसँग पासपोर्टसमेत छैन,’ एक उच्च प्रहरी अधिकारीले राजधानीसँग भने ।

    कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढिसकेको छ ।
    चिनियाँ साइबर अपराध विज्ञले सघाउँदै

    चीन सरकारको टाउको दुखाइ बनेको अनलाइन जुवा र अनलाइन यौन अपराधविरुद्ध कारबाहीमा सघाउन तीन दर्जन बढी चिनियाँ साइबर अपराध विज्ञ नेपाल आएका छन् ।
    नेपालबाट आर्थिक अपराधका घटनासहित अनलाइन जुवा र अनलाइन यौन अपराधमा आफ्ना नागरिकले अवैध गतिविधि गरिरहेको निष्कर्षपछि उनीहरूको टोली नेपाल आएको हो । पक्राउ परेका अधिकांश पर्यटक भिसामा नेपाल आएर अवैध कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले बताइसकेको छ ।

    पक्राउ परेकालाई ‘डिपोट’ गर्ने तयारी

    सोमबार राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकले नेपाललक्षित अपराध गरेको वा नगरेकोबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका कतिपयसँग राहदानी नै नभएको प्रहरी बताउँछ ।

    नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले नेपालमा उनीहरूले अपराध गरेको पाइए उनीहरूमाथि नेपालकै कानुनअनुसार कारबाही हुने नभए डिपोट गरेर चीन पठाइने जानकारी दिए ।

    प्रहरीले हालसम्म गरेको अनुसन्धानका क्रममा पक्राउ परेकाले नेपाललक्षित अपराध गरेको फेला परेको छैन । उनीहरूमध्ये कतिको भिसा म्यादसमेत सकिएको पाइएको छ । यसरी म्याद सकिएकाका लागि अध्यागमन विभागमार्फत भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने नभएकालाई समेत आवश्यक कागजपत्र पु¥याएर पठाइनेछ ।

    त्यसरी पठाउँदा चिनियाँ अधिकारी नै नेपाल आएर पक्राउ परेकाहरूलाई चीन लैजानेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑