वीरगञ्ज पाठशालाको आयोजनामा आज फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न
वीरगंज संजाल
८ पुष २०७६, मंगलवार १७:०३
७४७५
वीरगञ्ज | वीरगञ्ज पाठशालाको आयोजनामा आज फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल सम्पन्न भएको छ । वीरगञ्ज पाठशालाको परिसरमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकासमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।
पाठशालाकी प्रिन्सिपल बिजया ओझैयाको सभापतित्वमा भएको प्रतियोगितामा पाठशालाका अध्यक्ष सन्दिप रौनियार, पाठशालाका सल्लाहकार एवम् ग्लोबल बिजनेश कलेजका निर्देशक तथा प्रिन्सिपल श्रीराम दास, बालअधिकारकर्मी ज्योति शाह, लगायत अभिभावक तथा स्थानिय बासिको उल्लेख्य उपस्थिती रहेको थियो । प्रतियोगितामा रोयल एकेडेमीका अध्यक्ष तथा निर्देशक ओमप्रकाश श्रेष्ठ र सञ्चारकर्मी तथा स्थानिय कलाकार सुर्य नारायण बि क ले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
फेन्सि ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल मा बिजयी विद्यार्थिहरुलाई अतिथिहरुले पुरस्कार बितरण गर्नुभएको थियो । सो अवसरमा बिभिन्न सांस्कृतिक प्रस्तुती समेत विद्यार्थिहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन गर्दै पाठशालाकी प्रिन्सिपल ओझैयाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रमलाई सफल बनाइदिएकोमा अतिथि, शिक्षक, शिक्षिका, अभिभावक एवम् सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुभयो ।