वीरगन्ज (पर्सा) ।‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा सहित संचालित श्री हिमाल बचत तथा ऋण सहकारी सँस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय भिस्वा होटलमा आयोजित साधारणसभालाई प्रमुख अतिथि नेशनल मेडिकल कलेजका चेयरमैन जैनुद्दिन अन्सारीले पानसमा दीप प्रज्वलित गरि कार्यक्रमलाई उद्घाटन गरेका थिए ।
श्री हिमाल बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष तथा नेशनल मेडिकल कलेजका चिकित्सक डा. सधिया यासमीनको सभापतित्वमा अयोजित कार्यक्रममा विशिष्ठ अतिथि नेशनल मेडिकल कलेजका एम.डि. तथा एमाले पार्टीका सक्रिय युवा नेता एवं नेपाल प्राइभेट मेडिकल कलेज एशोसिएशनका राष्ट्रिय अध्यक्ष डा. बसरुद्दिन अन्सारी, जय गणेश साकोस, जय लक्ष्मी साकोस र अरुपियन्स सँस्थाका सल्लाहकारको भूमिका निर्वाह गरि रहनु भएका साथै राष्ट्रिय सहकारी बोर्डका नवनियुक्त संचालक सदस्य शम्भु प्रसाद गुप्ता,
लालिगुरास साकोसका अध्यक्षका साथै नेफस्कुन प्रदेश २ का नवनियुक्त इन्चार्ज हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिस्नु बराल लगायतले आआफ्नो शुभकामा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शम्भु प्रसाद गुप्ता तथा हरेराम पटेललाई सभापति तथा प्रमुख अतिथिबाट बधाई तथा सम्मान प्रदान गरिएको थियो ।