• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारले रोटा भाइरसविरुद्धको खोप वैशाखबाट सञ्‍चालनमा ल्याउने

  • वीरगंज संजाल
  • ८ पुष २०७६, मंगलवार ०६:३५
  • ५१४५

    काठमाडौं । सरकारले आगामी वैशाखदेखि रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्‍चालन गर्ने भएको छ । गत आर्थिक वर्षमै सुरु हुने भनेको उक्त खोप उत्पादन कम्पनीले उपलब्ध गराउन नसक्दा एक वर्ष ढिला भएको तर आगामी वैशाखबाट भने सञ्चालनमा ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको,बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

    सरकारले नियमित रूपमा ११ वटा खोप निःशुल्क दिँदै आएकोमा आगामी बैशाखदेखि रोटा भाइरसविरुद्धको खोप थप्‍न लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    “हाल नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये करिब ५० प्रतिशतलाई झाडापखाला हुने गरेको र जसमध्ये करिब ३० प्रतिशतमा रोटा भाइरसको संक्रमणका कारण हुने गरेको देखिन्छ,” उनले भने, “सरकारले उक्त खोप (ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीको सहयोगमा खरिद गर्न लागेको थियो । यो खोप सरकारले बालबालिकालाई निःशुल्क लगाउने तयारी रहेको छ ।”

    पाँच वर्षमुनिका बालबालिकालाई झाडापखालाविरुद्ध दिइने सो भ्याक्सिन नेपालमा पहिलो पटक सञ्‍चालनमा ल्याउन लागिएको हो । सो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने गरिन्छ ।

    बालरोग विशेषज्ञहरुका अनुसार यो खोप लगाएमा पाँच वर्ष मुनिका बालबालिकामा हुने झाडापखालाको दरलाई घटाउन सकिने बताउँछन् । सरकारले निशुल्क ११ खोपमा क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्‍जा बी, पोलियो, दादुरा-रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस) विरुद्ध को खोप तथा गर्भवती महिलाहरुका लागि टीडी दिँदै आएको खोप अधिकृत भरत भण्डारीले बताए ।

    विश्व स्वास्थ्य संगठनले बालबालिकाको लागि २४ खोपलाई सुचिकृत गरे पनि नेपालमा एघार खोप मात्र हालसम्म सञ्चालनमा छन् । संगठनको सन् २०१३ को तथ्यांक अनुसार विश्वमा दुई लाख १५ हजार पाँच वर्ष मुनिका बालबालिकाहरुको रोटा भाइरसका कारण मृत्यु गरेको जनाएको थियो । विकसित देशहरुमा पनि रोटा भाइरसको संक्रमण देखिने गरेको छ । तर, ती देशका बालबालिकामा सामान्य समस्या देखिने बित्तिकै तुरुन्त अस्पताल लैजाने गरिएको छ । तर,अविकसित देशका बालबालिकालाई सामान्य समस्या हुँदा घरमै उपचार गर्ने गरिएकाले  बढि प्रभावित हुने गरेको संगठनको तथ्यांकमा उल्लेख छ ।

    के हो रोटा भाइरस ?

    पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला गराउने प्रमुख कारण रोटा भाइरस हो । नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामध्ये  ३३ प्रतिशत रोटा भाइरसका कारण प्रभावित हुने गरेको बाल रोग विशेषज्ञहरु बताउँछन् । जाडो मौसममा रोटा भाइरस बढी सक्रिय हुने बाल रोग विशेषज्ञ डा. गणेश राई बताउँछन् ।

    “बालबालिकाहरूमा हुने झाडा बान्ता तथा झाडापखला चलाउने विभिन्‍न भाइरसमध्ये ८० प्रतिशत हिस्सा रोटा भाइरसकै कारण हुने हुन्छ”,उनले भने “खासगरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या निम्त्याएको देखिन्छ । अझ एक वर्षमुनिका बालबालिकामा यो भाइरस संक्रमणको जोखिम उच्च सम्भावना हुन्छ ।”

    विश्वमा नै बाल मृत्युदरको प्रमुख कारण मध्येमा झाडापखाला पनि पर्ने गरेको छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गरेको हुदाँ यसको असर देखिएमा बालबालिकाहरुमा पातलो चौलानी पानीजस्तो पखाला हुने र त्यस्तो भएमा तुरुन्तै अस्पताल लग्‍नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।

    “झाडापखाला सामान्य त हो भनेर घरमै राखेर उपचार गर्दा अधिकांश बालबालिकालाई ढीलो मात्रै अस्पताल लग्ने गरिएको छ,”उनले भने, “यो सरुवा रोग हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने हुदाँ रोटा भाइरस संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै माध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुन्छ ।”

    उनले लगातार पानीजस्तो पातलो दिसा लाग्नु, पेट दुख्नु, बान्ता हुनु, मन्द गतिको ज्वरो आउनु, बालबालिकाले झिँझिने स्वाभाव देखाउनु, पेट दुखेर रुनु, खानमा यस रोगको प्रमुख लक्षण रहेको बताए ।

    “पाँच वर्षसम्मका बालबालिकालाई  सफासुग्घर  राख्‍ने र जे पायो त्यही मुखमा हाल्न नदिने, हात धोएर मात्र बच्चालाई खाना खुवाउने, रोटा भाइरसविरुद्धको खोप लगाउने, पानी उमालेर मात्र पानी पिलाउने आदि गरेमा यसबाट बचाउन सकिनेछ,” उनले भने । पानीजस्तो लगातार पातलो दिसासँगै बान्ता हुने र पेट दुख्ने लक्षण देखिएमा तुरुन्तै अस्पताल र स्वास्थ्यचौकीमा लगेर स्लाइन पानी दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑