• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गाउँपालिकाका अध्यक्षसहित सम्पूर्ण पदाधिकारी विदेश भ्रमणमा, शीतलहरको मारमा जनता

  • वीरगंज संजाल
  • ७ पुष २०७६, सोमबार २३:३०
  • १०२६५

    वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरु कामकाज छोडेर विदेश भ्रमणमा निस्केका छन् ।

    गाउँपालिका अध्यक्ष, वडा नम्बर १ देखि ५ नं. सम्मका वडा अध्यक्ष, गाउँपालिका सदस्य, प्रशासकिय अधिकृत, इन्जिनियरलगायतका पदाधिकारीदेखि कर्मचारीसम्म १५ जनाको टोली एकैसाथ विदेश भ्रमणमा निस्केका हुन् ।

    गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको नेतृत्वमा रहेको जम्बो टोली थाईल्याण्ड, मलेसिया, कम्बोडिया र सिंगापुरको भ्रमणमा गएका हुन् ।

    भ्रमण टोलीमा चौधरीसहित गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी, २ नं. वडाका अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, ४ नं. वडाका अध्यक्ष राजेश्वर महतो थारु, वडा नं. ५ का वडा अध्यक्ष मोतिलाल साह रहेका छन् ।

    त्यसैगरी गाउँपालिकाका सदस्यद्धय विपिन मुखिया, दिपक कुमार रसाइली, गाउँपालिकाको योजना, प्रशासन, शिक्षा स्टोर शाखाका अधिकृत शम्भुप्रसाद साह, सिभिल इन्जिनियर प्रदीप चौरसिया, उर्जा तथा वातावरण अधिकृत निर्मलकुमार सिंह, लेखापाल वीरेन्द्रप्रसाद साह, प्रशासन तथा योजना शाखाका नासु राजकुमार महतो र खरिदार वीरेन्द्रप्रसाद चौधरी छन् ।

    भ्रमण टोलीमा महिला भने एकजनालाई पनि सहभागीता गराइएको छैन । गाउँपालिकाका अध्यक्ष चौधरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष ममता महतोलाई दिएका छन् । उपाध्यक्ष महतोले अध्यक्ष नेतृत्वको जम्बो टोलीसहित के उदेश्य लिएर विदेश भ्रमणमा निस्किएका हुन् आफूलाई केही जानकारी नभएको बताइन् ।

    गाउँपालिकाको सम्पूर्ण जिम्मेवार व्यक्तिनै विदेश भ्रमणमा रहेकाकारण गाउँपालिका र त्यस अन्तर्गतका वडा कार्यालयहरु सुनसान बनेको छ । काम लिएर गएका सेवाग्राही गाउँपालिका र आफ्ना सम्बन्धित वडा कार्यालयहरुको ढोकामा पुगेर निराश भएर फर्किन बाध्य भएका छन् ।

    कार्यालय कुरेर बसेका तल्ला तहका कर्मचारीहरु गाउँपालिका अध्यक्ष, पदाधिकारीहरु हुनुहुन्न पछि आउनु भन्दै सेवा लिन आउँने सेवाग्राहीलाई फर्किन आदेश दिइरहेको भेटिन्छ । तल्ला कर्मचारीहरु पनि शितलहरमा आगो तापेर दिन काटिरहेका छन् ।

    विगत एक सातादेखि निरन्तर चिसो बढेसंगै गाउँपालिकाको स्थानीय जनता जाडोले प्रभावित भएपनि अध्यक्ष लगायत पदाधिकारी नहुँदा राहत वितरण गर्न सकेको छैन । नामको लागि मात्र जिम्मेवारी तोकिए पनि गाउँपालिका उपाध्यक्ष चौधरीले भनिन्, अत्यधिक जाडोका कारण दलित लगायत गरिब जनताको दैनिकी कष्टकर बन्दै गएको छ ।

    समयमा राहत सामाग्रीे उपलब्ध नहुँदा जनता पीडामा परेका छन् ।

    पुस २ गते भ्रमणमा निस्किएको जम्बो टोली एक सातापछि ११ गते मात्रै फर्किने कार्यक्रम रहेको बताइएको छ । गाउँपालिकको भ्रमण शीर्षकमा १० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । तर स्रोतका अनुसार भ्रमणका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैया खर्च गरिएको छ ।

    भ्रमण शीर्षकमा विनियोजन गरिएको रकम भन्दा तेब्बर अर्थात कुल ३७ लाख ५० हजार हुन आउँछ । स्रोतका अनुसार गाद्दी खोलाको बालुवा, गिट्टी, ढुंगाको ठेक्काको कमिसनवापत प्राप्त रकमले अध्यक्ष कर्मचारीसहित विदेश भ्रमणमा निस्केका हुन् ।

    कमिशनकै विषयलाई लिएर लामो समयदेखि विवादस्पद बनेको गाद्दी खोलाको ठेक्का एक महिना अगाडी मात्र छिनोफानो भएको हो । १ करोड भन्दा बढी मुल्यमा ठेक्का लाग्नु पर्नेमा गाउँपालिका अध्यक्ष चौधरीले आफनै भाई राजकिशोर चौधरी पार्टन रहेको ठेक्कामा ५० लाखमा मात्र ठेक्का दिएको थियो ।

    कमिशनको लागि कम मुल्यमा ठेकेदारलाई हित हुने गरी ठेक्का दिन सफल गाउँपालिकाका अध्यक्षदेखि इन्जिनियरसम्मका कर्मचारी मात्रै होइन लेखापालसम्म भ्रमणमा जानुले सोही ठेक्काको कमिसनले काम गरेको स्रोतको दावी छ ।

    विदेश भ्रमण जानु दुईदिन अगाडि जम्बो टोलीले विदेश भ्रमणको लागि मन्त्रालयमा स्वीकृती लिन जाँदा मुख्यसचिवले गाउँपालिकाको बजेटले विदेश भ्रमणको स्वीकृती दिएका थिएनन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑