• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    कमिसनको चपेटामा स्वास्थ्य संस्था, एचआइभी परीक्षण गरेको ५ सय

  • वीरगंज संजाल
  • ७ पुष २०७६, सोमबार २३:२७
  • ५३११

    वीरगन्ज : वीरगन्जमा रहेका विभिन्न अस्पतालमा कमिशनको चक्करले स्वास्थ्य संस्थालाई बद्नाम बन्दै गइरहेको छ । यसरी बदनाम हुनुको कारण हो सरकारी मापदण्ड भन्दा बढी शूल्क लिनु र त्यो स्वास्थ्यकर्मीलाई दिनु ।

    त्यहाँका अस्पतालमा गएका बिरामीहरुलाई डाक्टरहरुले नै विभिन्न स्वास्थ्य संस्थाको नाम दिने गर्छन । त्यहाँ जाँदा सरकारले तोकिएभन्दा कयौ गुणा रकम तिर्नुपर्ने बाध्यता छ । वीरगन्ज निजी अस्पताल समेतमा मधुमेहसहित अन्यको रगत परीक्षण शूल्क स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेभन्दा चार गुणा बढी शूल्क लिने गरेका छन् ।

    यता स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रु २५ मात्र शूल्क निर्धारण गरेको छ । तर सरकारी अस्पताल नारायणीको प्रयोगशालाले पनि रु एक सय लिने गरेको छ । सरकारी अस्पतालले नै मन्त्रालयको आदेश पालना नगरेपछि यहाँका निजी अस्पताल र प्रयोगशालाहरूले मधुमेहको परीक्षण शूल्क मनोमानीरूपले लिने गरेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ब्लड कल्चर रु १२५, पिसाब जाँच रु २५ मा मात्र हुन्छ । तर वीरगन्जमा सोही परीक्षणको तीन गुना बढी शूल्क लिइने गरिएको छ । प्रयोगशालामा एचआइभी परीक्षण रु १५० मा गरिन्छ भने वीरगन्जमा रु ५०० सय तिर्नुपर्छ ।

    राष्ट्रिय प्रयोगशालामा रु ५०० मा थाइराइड परीक्षण हुन्छ तर वीरगन्जमा रु पन्ध्र सयसम्म लिने गरेको पाइएको छ । स्वास्थ्य क्षेत्रमै ब्रम्हलुट मच्चाउने त्यहाँका अस्पतालमा कार्यरत चिकित्सकहरु मुख्य जिम्मेवार रहेका छन् । चिकित्सकहरूले प्रयोगशालामा बिरामीलाई विभिन्न रोगको परीक्षण गर्न लेखी पठाए बापत सबै प्रयोगशालाको चिकित्सकलाई दिने कमिशनको रेट भिन्दाभिन्दै छ । कम्तीमा तीस र बढीमा सत्तरी प्रतिशत कमिशन चिकित्सकले लिने गरेको प्रयोगशाला सञ्चालकहरूले बताउने गरेका छन् । चिकित्सकलाई कमिशन दिनुपर्दा सोको मार बिरामीले भोग्नुपरेको उनीहरूको कथन रहेको छ ।

    यसरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २८० भन्दा बढी विभिन्न परीक्षणको शूल्क निर्धारण गरेको छ तर वीरगन्जका कुनै पनि प्रयोगशालाले शूल्क निर्धारण गरेको पाइएको छैन । वीरगन्जमा यसो नहुनुको मुख्य कारण परीक्षण शूल्कमा चिकित्सकहरूको कमिशन समावेश हुनु हो ।

    क्लिनिक सञ्चालन गरेर बसेका चिकित्सकहरुले सबैभन्दा बढी कमिशन लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कार्यक्षमता अनुसार प्रयोगशालाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता रहेको ‘ए’ श्रेणीको प्रयोगशाला वीरगन्जको मङ्गलम डाइग्नोस्टिक सेन्टर हो ।

    यसबाहेक ‘बी’ श्रेणीमा भिजन डाइग्नोस्टिक, तराई हस्पिटल एन्ड रिसर्च सेन्टर, नारायणी सेन्ट्रल डाइग्नोस्टिक लेबोरेट्री, ‘सी’ श्रेणीमा एनएमसी पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, वीरगन्ज ओम हस्पिटल प्रालि र ‘डी’ श्रेणीको प्रयोगशालामा इलाइट प्याथोलोजी ल्याब, ओम प्याथोलोजी सेन्टर, अर्चिता डाइग्नोस्टिक सेन्टर, अर्पिता डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर र श्रीराम डाइग्नोस्टिक सेन्टर छन् । यी बाहेक वीरगन्जमा सबै ‘ई’ श्रेणीका प्रयोगशालाहरू हुन् ।सबै प्रयोगशालाले वर्गीकरण अनुसार सेवा र शूल्क निर्धारण गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑