भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई पक्राउ परेका छन् ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित राईले स्थानीय युवतीमाथि जवरजस्ती करणी गरेको उजुरी परेको छ ।पीडित युवतीले आफूमाथि गत मंसिर १५ गते बलात्कार गरेको भन्दै वडा सदस्य राईविरुद्ध उजुरी दिएको प्रहरीको भनाइछ ।
पक्राउ परेका वडा सदस्यविरुद्ध जवर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।