वीरगन्जमा रहेको नक्कली घ्यु उधोगमा छापा, संचालक अनिल सहित ३ पक्राउ
वीरगंज संजाल
६ पुष २०७६, आईतवार २३:५८
५३६९
वीरगन्ज। वीरगन्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह्चोक स्थित रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले आज छापामारी गरेको छ ।पुजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाई रहेको भन्ने प्राप्त सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेको हो । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले उद्योगमा छापामारी गरेको हो ।
छापामारीको क्रममा डाल्डा, रंग तथा सुगन्धित केमिकल प्रयोग गरि शुद्ध घ्यू उत्पादन गरि रहेको भेटिएको थियो जुन अखाद्य वस्तु हो ।शुद्ध घ्यू भनेर प्रचारवाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यूमा बिभिन्न ब्रान्डले नेपाल भरी बिक्री बितरण गदै अएको थियो । कारखानामा छापमारी गर्न जादा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यूलाई प्याक गरि सिल मार्ने मेशिन लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।छापामारीको क्रममा प्रहरीले उद्योगसँग आबद्ध ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उद्योगका संचालक अनिल श्रेष्ठ तथा कामदारहरु रमेश श्रेष्ठ र राम विलास रहेका छन् ।
पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।