रहस्यमय तरिकाले मरिच लोड गरिएको ट्रक प्रहरीले लियोे नियन्त्रणमा
वीरगंज संजाल
५ पुष २०७६, शनिबार ०९:५३
६२०५
वीरगन्ज | पर्सा प्रहरीले भारि मात्रामा मरिचसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज आईसिपि बाट प्रज्ञापन पत्र लिएर नेपाल भित्रयाइएको गण्डक/पावर हाउस हुँदै थप मरिच लोड गर्नको लागी आदर्शनगर ट्रान्सपोर्ट कम्पनी जाने क्रममा ट्रक लाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
मरिचको परिमाण करिब ३ टन रहेको छ । जनकपुरको एक जना व्यापारीलाई विक्री गरिएको तथा थप मरिच ट्रान्सपोर्टबाट लोड हुने भएकाले बाईपासहुँदै आदर्शनगर जाने क्रममा प्रहरीले नियनत्रणमा लिएको मरिच व्यापारीले गुनासो गरेका हुन् । प्रहरीले मरिच लोड गरेको ट्रक नियन्त्रणमा लिई चालकलाई रिहा गरेको जनाएको छ । बेवारिसे अवस्थामा ट्रक बरामद भएको थप अनुसन्धानका लागि भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अधिकारीहरु सँग बुझ्दा यस विषयमा कुनै जानकारी दिन मानेका छैनन् । मरिच सुशिल चचानको रहेको स्रोतको दाबी छ । प्रहरी र व्यापारी दुवै प्रतिक्रिया दिन मानेका छैनन् । पछिल्लो समय वीरगञज लगायतका आसपासका नाकाहरुबाट तस्करी व्यापक रुपमा भईरहेको छ ।
नेपाल प्रहरीको कडा संयन्त्रका बाबजुद पनि तस्करी निरन्तर हुनु र नियन्त्रण नुहुनुमा प्रहरीको दोष पनि देखिन्छ । तस्करी नियन्त्रणका नाममा प्रहरीले बिलसहितको मालसमान नियन्त्रणमा लिनु शंकास्पद छ ।