• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ड्राईपोर्ट संचालनको ठेक्का नेपाली कम्पनीलाई मात्र दिन व्यवसायीको माग

  • वीरगंज संजाल
  • ५ पुष २०७६, शनिबार ०९:४४
  • ७५४३

    वीरगंज। सरकारले श्रीसियास्थित सुक्खा बन्दरगाह संचालनका लागि आगामी ५ वर्षका निम्ति टेन्डर खोलेको छ।

    तीन महिना ढिला गरी वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिले एक साताअघि १० डिसेम्बर २०१९ मा ठेक्काको अनलाइन टेण्डर खोलेको हो।

    टेण्डरको प्रक्रियामा माघ २० गतेसम्म टेण्डर हाल्ने ग्लोबल टेण्डरको अन्तिम मिति तय भएकाले काम गरिरहेकै कम्पनीको म्याद थप गरी काम गराइने बताइएको छ ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर कृष्ण मिश्रले टर्मिनल पट्टाबहाल विनिमयावली अनुसार ठेक्का नलागेसम्म काम गरिरहेको कम्पनीसँगै थप आवश्यकताअनुसार ६ महिनासम्म काम गराउन सकिने भएकाले समयावधि थप गरेर काम गर्न दिने निर्णय भएको बताए ।

    हिमालयन टर्मिनलले ५ वर्षको लागि सम्झौता म्याद थपका लागि समितिमा निवेदन दिएको थियो ।

    समितिले ५ वर्षका लागि ग्लोबल टेण्डर गरी अनलाइन टेण्डर भर्न आह्वान गरेको छ । सुक्खा बन्दरगाह संचालन गर्न न्युनतम २ अर्ब ४० लाख रूपैयाँ ठेक्का रकम तोकिएको छ । ब्यवसायिक रूपमा सम्झौता  गरी सुक्खा बन्दरगाह संचालन गर्ने इच्छुक र प्राविधिक रूपमा योग्य रहेका कम्पनीले यस अंकमा बढाबढ गरी प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

    सुक्खा बन्दरगाह(आइसीडी– इनल्याण्ड कन्टेनर डिपो) भित्र मालवाहक रेल आवागमन व्यवस्थापन तथा सञ्चालन गर्नु पर्छ  । त्यसभित्र रहेको भन्सार कार्यालयले आयात-निर्यात हुने मालवस्तुको राजस्व संकलन र वैधानिकताको कागजी औपचारिकता गर्ने गरेको छ भने समान बोकेका रेलको आगमन, त्यसबाट मालवस्तु अनलोडिङ–लोडिङ,  भण्डारण गर्ने अनि आयातकर्ता हस्तान्तरण गर्ने वा निकासी गराउने काम टर्मिनल सञ्चालन गर्ने कम्पनीको जिम्मा हुन्छ ।

    यो भन्दा अघि सन् २०१५ मा अघिल्लो ५ वर्ष का लागि हिमालयन टर्मिनल प्रालि (एचटीपीएल) ले ७९ करोड ९५ लाखमा ठेक्का लिएको थियो, जुन अब सकिँदै छ । त्यो भन्दा पहिले १० वर्षका लागि पनि सोही कम्पनीले ५३ करोडमा सुक्खा बन्दरगाहको ठेक्का सकारेको थियो ।

    नेपालमा यस कामको लागि अनुभवी र प्राविधिक दक्षता भएको कम्पनी नभएकाले प्रतिस्पर्धामा यस अघिसम्म कोही देखिएको थिएन । यसपटक देश बाहिरका कम्पनीहरू प्रतिस्पर्धामा आउने भएसँगै कुनै प्रतिस्पर्धीसित मिलेर नेपाली कम्पनीले पनि यसमा भाग लिनसक्ने आँकलन गरिएको छ ।

    भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड (कन्कोर),  नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनी (एनटीडब्लुसीएल) र नेपालमै दर्ता रहेको अर्को कम्पनी इन्टर स्टेट मल्टीमोडल ट्रान्सपोर्ट प्रालि (रौनियार समुहको) र भारतको ट्रान्सपोर्ट लजेस्टिक लिमिटेडको साझेदारीमा स्थापित हिमालयन टर्मिनलले यसअघि सुक्खा बन्दरगाह संचालन गर्दै आएको थियो । यो साझेदार कम्पनी एचटीपीएलमा ६० प्रतिशत कन्कोर र बाँकी ४० प्रतिशतमा अन्य तीन साझेदार छन् ।

    सन २०१५ मा दिल्लीका दुई कम्पनीहरू हिन्द टर्मिनल्स् र प्रिष्टिन लजेस्टिकले पनि प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रतिस्पर्धी को–को हुने भन्नेमा धेरैको चासो छ ।

    केही नेपाली कम्पनीले समेत भारतका ठूला र अनुभवी कम्पनीसँग मिलेर प्रतिस्पर्धामा उत्रिने रणनीतिमा छन् । सुरूवाती दिनमा रेलबाट सामान कम ल्याउने चलन रहेकाले सन २००४ देखि सन २०१० सम्म एचटीपीएलले घाटा बेहोरेको थियो भने पछिल्लो समय नाफा बढ्दै गएपछि ठेक्का रकम पनि करिब अढाई गुणाले वृद्धि गरी ८० करोड बाट करिब २ सय करोडमा ठेक्का लगाउन लागिएको हो ।

    आयात महंगो पार्न खोजेको आरोप

    बन्दरगाह सञ्चालन गर्ने कम्पनीलाई महंगोमा ठेक्का लगाएर सरकारले नेपाली आयात महंगो पार्न खोजेको पनि व्यवसायीहरूले आरोप लगाएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका सडक, यातायात तथा पारवहन समितिका संयोजक अशोक टेमानीले यस्तो आरोप लगाएका हुन् । ‘सरकारले अढाई गुणा दरमा ठेक्काको न्यून्तम रकम राखेको छ,’ उनले भने, ‘यदि ठेक्का सकार गर्ने कम्पनीले त्यतिमा सकार गर्छन् भने त्यति पैसा व्यवसायीबाट नै उठाउने छन् ।’ सामान हेन्डलिङ शुल्कमा भारी वृद्धि हुने आशंका उनले गरे।

    सडक, यातायात तथा पारवाहन समितिका संयोजक टेमानीले सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाली कम्पनीहरूबीच मात्र प्रतिस्पर्धा गराउनुपर्ने तर्क गरे।

    उनले नेपालकै सिजी समुहलगायतका ब्यावसायिक घराना पनि यस क्षेत्रमा अघि बढिसकेकाले तथा पहिलेदेखि काम गरिरहेकाले नेपाली कम्पनीहरूले पनि यसमा प्रतिस्पर्धा गरी ठेक्का लिँदा देशलाई नै फाइदा हुने धारणा राखे।  व्यवसायीहरुले विगतमा पनि नेपाली कम्पनीलाई मात्र सुक्खा बन्दरगाह संचालनको ठेक्का दिनुपर्ने माग गर्दै आएका थिए।रासासा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑