वीरगंजमा रातीकाे समयमा असाहयहरुलाई कम्बल सहयाेग गर्दै
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार १७:२८
९०६६
वीरगंज । युवाहरुकाे एक समुहले हाल वीरगंजमा सराहनिय कार्य गरिरहेका छन् । बढ्दाे चिसाे र शितलहरमा रातीकाे समयमा नसुतिकन असाहयहरुलाई न्यानाे कपडा विरण गरिरहदा उनीहरुकाे सराहना समेत हुन थालेकाे छ ।
गए राती चिसोबाट जोगिन पराल भित्र लुकी रात बिताउन बाध्य रहेका हर्दिहरदासपुर निवासी जनक ठाकुर र भवराटार निवासी बासुदेव महतोलाई कम्बल सहयाेग गरेका छन् । मध्य रातीमा असाहय अवस्थामा भेटिए पछि दुबै जनालाई कम्बल सहयाेग गरिएकाे वीरगंजका युवा निघिल बर्णवालले वताए ।
उनले भने “चिसाे माैसमा अति आवश्यक व्यक्तिहरुलाई कम्बल वितरण गर्ने सोच साथ मध्य राती ११:०० बजे देखी बिरगंजको भन्सार देखी गण्डक चौक, ड्राईपोर्ट, भगवती टोल, राधेमाई, श्रीपुर, रमगढवा हुंदै रानिघाट स्थित मठिया पुग्दा क़रीब १२:४० बजे मन छुने अत्यन्त दुःखित तुल्याउने र अति कष्टकर तरिकाले आफुलाई जाड़ोंबाट जोगाउन निमित दुई जना व्यक्तिहरु पराल भित्र लुकी छिपी सुतेका थिए, हामी संग भएको कम्बल तत्काल राहतका लागी हामीले सहयोग गर्याे तर कतै न कतै अझ पनि सहयोग र साथको खाँचों महसूस भयो ।
दिन्हु कयौ मानिस यसरी नै खुला आकाश मुनी यस्तो चिसोमा सुतन बाध्य छन, यसको बारेमा र यस बिषयमा स्थानीय प्रशासन र जनप्रतिनिधीको चासो हुन आवश्यकता छ र सम्पुर्ण समाजको दायित्व पनि हो । होला घर न बनला तर हाम्रो सानो सहयोगले कसैको रात आराम साथ बित्ने छ ।”
समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य समेत रहेका बर्णवाल सहित साे समुहमा अंकित शर्मा र अकाश चाैहान छन् । तिनै जना तिन दिन देखी रातिकाे समयमा आफु नसुतिकन असाहयहरुलाई सहयाेग गर्दै आएका छन् ।
यस अघि साे समुहले वीरगंजकाे गणडक, भन्सार, रानिघाट, अदालत राेडमा भेटिएका असाहय ३० जनालाई कम्बल सहयाेग गरि सकेका छन् भने अझै सहयाेग गर्ने साेच रहेकाे जनाएका छन् ।