• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

  • वीरगंज संजाल
  • ४ पुष २०७६, शुक्रबार १३:०६
  • ६७८१

    महोत्तरी । वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन धौधौ हुने गर्दछ । प्रत्येक वर्ष बैशाखमा घर–घर पुगेर मुसहर र बाँतर बस्तीका बालबालिकालाई ल्याएर भर्ना गरिए पनि उनीहरु विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा नै मुख्य कारण भएकोे बताइएको छ ।

    जिल्लामा मुसहर र बाँतर जातिका दलित समुदायको मुख्य बसोबास भएको ठाउँमा भङ्गाहा नगरपालिका क्षेत्र पहिलो नै मानिन्छ । यी जाति समुदायका बस्तीबाट वर्षेनी बालबालिका ल्याएर विद्यालय भर्ना गरिए पनि केही वर्षभित्रै उनीहरुको विद्यालय आउने क्रम टुट्ने गरेको भङ्गाहा–५ स्थित माध्यमिक विद्यालयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

    “म करीब ३० वर्षदेखि यसै विद्यालयमा कार्यरत छु”, उहाँले भन्नुभयो, “मुसहर, बाँतर समुदायबाट एसइई उत्तीर्ण विद्यार्थी सङ्ख्या नगन्य रहेको छ ।” “मुसहर टोलबाट विद्यार्थी ल्याउनै गाह्रो, ल्याए टिकाउनै गाह्रो” श्रेष्ठले भन्नुभयो, “मुसहर र बाँतर टोलमा धेरैपटक घरदैलो गरेर बल्लबल्ल नानीहरु ल्याइन्छ तर उनीहरु यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउन झनै गाह्रो छ ।”

    भङ्गाहा–३ का रिङ्कु सादाले ९ कक्षासम्म पुगेर पनि विद्यालय आउन छाडिन् । रिङ्कु मात्र नभएर सोही बस्तीकी १४ वर्षीया अम्बिका सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी ७ कक्षामा पढ्दै गरेकी बिना सादा, ६ कक्षामा पढ्दै गरेका बिसालु, रुबी, रितम र पविता सबै विद्यालय आउन छाडेका छन् । जम्मा ११० घर रहेका भङ्गाहा–३ को मुसहरी टोलबाट अहिलेसम्म एउटै पनि छात्राले १० कक्षा पुगेका छैनन् भने छात्रमा पनि एक मात्र सिमल सादाले एसइई उत्तीर्ण गरेका छन् ।

    भङ्गाहा–१ र २ को सिङ्ग्याही–३ को सकरी, ४ को पलार, ५ को सिद्धपुर र कर्पुरगञ्ज–६ को हतिसर्वा मजरा, ८ को धर्मपुर अन्हारवन र भङ्गाहा–९ हरिनमरीमा रहेका बाँतर बस्तीका नानी पनि विद्यालयमा टिक्न सकेका पाइँदैनन् ।

    नगर क्षेत्रभित्र पाँच माध्यमिक र २५ आधारभूत तहका समेत ३० सामुदायिक विद्यालय छन् । यी विद्यालयका सेवा क्षेत्रभित्र मुसहर र बाँतर समुदायको धेरै बसोबास भए पनि यी समुदायबाट एसइई उत्तीर्ण गर्ने कक्षा १० नाघ्न नसकेका भङ्गाहा नगर कार्यपालिकाको कार्यालयमा शिक्षा शाखामा कार्यरत अरुण भुजेल बताउनुहुन्छ ।

    मुसहर र बाँतर समुदायका बालबालिका विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा मात्र नभई विद्यालयभित्रको कुशल व्यवस्थापन हुन नसक्नु पनि कारण रहेको मुसहर किशोरी बताउँछन् । “समयमा हामीलाई भनिएको छात्रवृत्ति दिइँदैन, पैसाको अभावले कापी, कलम जुटाउन सकिन्न अनि के जानु स्कूल ?” आठ कक्षामा पढ्दापढ्दै विद्यालय जान छाडेकी सोही बस्तीकी अम्बिका सादाले भनिन्, “हामीले सोधेको कुरा पनि शिक्षकहरुले राम्ररी जवाफ दिनुहुन्न । उल्टै हप्काउनुहुन्छ, बुझेका हुँदैनौँ, परीक्षा आइपुग्छ, अनि के लेख्न जानिन्छ र स्कूल जानु ?” आपूmहरु अझै पढ्न चाहे पनि परिवार, विद्यालय र वरपर समाज सहयोगी नभएका कारण शिक्षा आर्जनबाट बञ्चित रहनुपरेको मुसहर किशोरीको गुनासो छ ।

    माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक श्रीराम यादव यो गुनासोसँग सहमत हुनुहुन्न । “विद्यालयभित्र मुसहर, बाँतर बालबालिकाले पठनपाठनको अवसर नपाएका भन्ने होइन, सबै विद्यार्थीसँग हामीले समान व्यवहार गरेका छौँ”, यादवले भन्नुभयो, “दलितका लागि भइआएको व्यवस्थाअनुसारको सुविधा दिएका छौँ ।”

    भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भने आफ्नो नगर राज्यबाट उपेक्षित भएको हुँदा शिक्षामा सुधार आउन नसकेको बताउनुहुन्छ । “नगरपालिकामा शिक्षा शाखा हेर्न उपसचिव स्तरका कर्मचारीको कल्पना गरिएको छ तर बिडम्बना हाम्रो नगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म एकजना खरदार पनि पठाएको छैन”, प्रमुख साहले रोष व्यक्त गर्दै भन्नुभयो ।

    जिल्लामा मुसहर जातिको धेरै बसोबास भएको बर्दिवास, गौशाला, औरही, लोहारपट्टी र बलवा नगरपालिका र एकडारा गाउँपालिकाका विद्यालयमा पनि मुसहर बालबालिका टिकेका पाइँदैनन् । पठनपाठनको समय बाहिरको समयमा ‘टाल–पुल्ली’ (काठको टुक्रा डण्टाले उडाएर खेलिने एक प्रकारको खेल) खेल्ने प्रयोजनबाहेक विद्यालय परिसरमा यिनीहरु जाँदैनन् ।

    बाँतर समुदाय भने भङ्गाहाबाहेक अन्यत्र खासै देखिँदैनन् । खासमा मुसहर समुदायका बालबालिकाका हातमा कापी, कलम नभई मुसा खोज्न दुलो खन्ने खुर्पी (माटो खन्ने सानो फलामे औजार) लिएर हिँडेको गरेको देखिन्छ ।

    मुसहर र बाँतर समुदायका पछिल्लो पुस्ताका किशोरीहरुमा विस्तारै पढ्नुपर्छ भन्ने भावना जागृत हुन थालेको छ । “पढ्ने रहर छ, घरनजिकै स्कूल पनि छ”, गौशालाको मनर्वा बस्तीको मुसहरीटोलकी १६ वर्षीया समुन्द्री सादाले भनेकी थिइन्, “घरपरिवार, छरछिमेक र विद्यालयका शिक्षक सहयोगी नहुँदा पढ्न पाइएन ।” किशोरावस्थामा टेकेपछि बाबुआमाले नै पनि विद्यालय जान नदिएका मनर्वाका मुसहर किशोरी बताउँछन् ।

    जिल्लाका मुसहर बालबालिकालाई विद्यालयमा टिकाउन थप पहलकदमी शुरु नगरिए कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने सरकारको लक्ष्य हासिल गर्न कठिनाइ हुने शिक्षाविद् बताउँछन् । सामुदायिक विद्यालयका शिक्षकमा सेवा भन्दा जागिरे मनस्थिति हुनु, राजनीतिक दल र जनप्रतिनिधिले विद्यालयलाई राजनीतिक अखडा बनाउनु र विद्यालयबाट प्रवाह हुने सेवाबारे उदासिन बन्नुजस्ता कारणले सामुदायिक विद्यालयको पठनपाठन राम्ररी हुन नसकेको उहाँहरुको तर्क छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑