काठमाडौं । नक्कली ट्रायल प्रशिक्षार्थीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधवार सञ्चालन गरेको ट्रायल परीक्षामा अरुको ट्रायल दिइराखेको ३ जना प्रशिक्षार्थीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मी, रामेछाप र लम्जुङका ३ जना रहेका छन् ।
पक्राउ पर्नेहरुमा भक्तपुरको ट्रायल सेन्टरमा ट्रायल परीक्षा दिन आएका गुल्मी अमरपुरी ७ घर भएका थमन बस्नेतको मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका गुल्मीकै अमरपुर वडा नम्बर ७ घर भई हाल सोह्रखुट्टे बस्ने वर्ष २७ का रेशम बस्नेत, सुकेधारा ट्रायल सेन्टरमा रामेछाप हिलेदेवी ९ बस्ने रमेश थापाको मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका पर्सा पसाह ठोरी घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ का सुमन भन्ने जयराम श्रेष्ठ रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै एकान्तकुना ट्रायल सेन्टरमा लमजुङ फसमपानी १ बस्ने चन्द्रबहादुर गुरुङको मोटरसाइकलको ट्रायल दिन आएका कैलाली लम्की घर भई हाल जडीबुटी बस्ने वर्ष २६ का कर्ण बहादुर विकलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । Lokpath