बारा-पर्सामा हुस्सु, कुहिरो र शीतलहर, पराल बाल्दै आगो ताप्दै स्थानीय
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार १०:०३
४९७३९
पर्सा | पर्सा बारासहित तराई-मधेसमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ। एकाबिहानैदेखि मौसम अत्याधिक चिसोसँगै शीतलहर चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको हो।
मंगलबारदेखि बिहानैदेखि मौसममा परिवर्तन भइ अत्याधिक चिसो बढेपछि शितलहरु पनि सुरु भएको सिमरा विमानस्थलको जल तथा मौसम मापन केन्द्रले जनाएको छ। शीतलहर चलेपछि सिमरा र यस आसपासको क्षेत्रमा बिहीबार १२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
गत मंलबार तापक्रम ११ दशलव शून्य डिग्री सेल्सियस मापन गरिएको थियो भने बुधबार ११ डिग्री तापक्रम रहेको थियो। चिसो बढेसँगै वीरगन्ज र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घुर (काठको मुढा बालेर आगो) ताप्न थालेका छन्।
शितलहर चल्न थालेपछि शहरी क्षेत्रमा बजार पसलहरु समेत कम खुलेका छन् भने राजमार्गमा चहलपहल पातलिएको छ।चिसोले गर्दा मानिसहरु घरबाहिर बस्न बाध्य भएका छन्।
चिसोले खासगरी गरीब विपन्न र दलित बालबालिका र बृद्धहरुलाई झन समस्या भएको छ।उनीरुसँग लगाउने न्यानो लुगा नभएपछि बाटोमे बसेर आगो ताप्नुको विकल्प नभएको वीरगञ्ज महानगरपालिका-३० का वृद्ध चिन्गी कुर्मीले बताए।उनले भने, ‘चिसो र शीतलहर एक्कासी आएपछि जाडो छल्न हामी बाटोको घुर ताप्न बाध्य भएका छौ।’