रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोली हानाहान
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार ०८:४२
४०८१
मस्को । रुसको फेडरल सेक्युरिटी सर्विस (एफएसबी)को मुख्यालयमा गोली हानाहान भएको छ । रुसी मिडियाका अनुसार यो घटनामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
समाचार समिति इन्टरफेक्सका अनुसार भवन भित्र अटोमेटिक हतियार फायरिङ्ग गर्ने बन्दुकधारीको एक सरकारी अधिकारीको गोली प्रहारबाट मृत्यु भएको छ । सुरक्षा बलले सो इलाका घेराबन्दी गर्नुका साथै आसपाास रहेका भवनको निगरानी गर्न निर्देशन दिएको छ ।
सुरक्षा निकायले सो इलाकालाई घेराबन्दी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार एक पत्रकार सम्मेलन गरेलगत्तै यो घटना भएको हो । एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । सो घटनाको बारेमा अहिले सम्म थप जानकारी नदिइएको बीबीसीले जनाएको छ ।