• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    नेपाल विशेष सेवा विधेयक : व्यक्तिगत फोन ट्यापिङ

  • वीरगंज संजाल
  • ३ पुष २०७६, बिहीबार १०:३३
  • ३७५३

    काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन भन्दै सरकारले विशेष सेवा गठनसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको विभागलाई विशेष सेवाअन्तर्गत राख्ने प्रस्ताव विधेयकमा छ। कांग्रेसले भने विधेयकप्रति विरोध जनाएको छ।

    नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता भएको छ। यसमा गुप्तचर विभागले गोप्य अभियान तथा सत्र परिचालन गर्न सक्ने उल्लेख छ। त्यस क्रममा अनुसन्धानका नाममा व्यक्तिगत र संस्थागत फोन र मोबाइल फोन ट्यापिङ गर्ने अधिकार दिन लागिएको हो। सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले सन्दिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्यदृश्य सामग्रीको अभिलेख राख्न सक्नेछ। प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति र मुख्य सचिवको अध्यक्षतामा केन्द्रीय इन्टेलिजेन्स समन्वय समिति गठन हुने प्रस्ताव गरिएको छ।

    कांग्रेसले भने विधेयक फिर्ता लिन माग गरेको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी विधेयक ल्याइएको आरोप लगाएका छन्।

    ‘सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले सन्दिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी,   श्रव्यदृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन वा इन्टरसेप्सन गर्न वा अभिलेख गर्न सक्नेछ’, विधेयकमा प्रस्ताव छ। विभागले राष्ट्रिय हित तथा सुरक्षाका विषयमा प्रतिगुप्तचरीसम्बन्धी कामकारबाही गर्दा रक्षात्मक, प्रतिरक्षात्मक र प्रतिकारात्मक कार्य सञ्चालन गर्न सक्ने विधेयकमा उल्लेख छ।

    कुनै संस्था, समूह वा व्यक्तिले नेपाल राज्यविरुद्ध वा राष्ट्रिय सुरक्षा, सरोकार वा चासोसँग सम्बन्धित विषयमा जासुसी गतिविधि गरे वा गराउन सक्ने सम्भावनाको विषयमा सूचना संकलन गर्न÷गराउन सक्ने भएको छ। राज्यविरुद्ध हुन सक्ने जासुसी, भड्काउपूर्ण गतिविधिका विषयमा विभागले सूचना संकलन र विश्लेषण गर्नेछ।

    विभागका कर्मचारीलाई दान, दातव्य, उपहार लिन रोक लगाइएको छ। ड्युटीको समयमा मादक पदार्थ सेवन गरे, बारम्बार अनुशासहीन काम गरे, नागरिकतामा उमेर वा योग्यता ढाँटे सेवाका कर्मचारीलाई हटाउने र बर्खास्त गरिने विधेयकमै उल्लेख छ। २०७५ चैतपछि नियुक्त कर्मचारीले योगदानमा आधारित निवृत्तभरण पाउने विधेयकमा उल्लेख छ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑