वीरगञ्ज | नेपाली भू उपग्रह (स्याटेलाइट)लाई नेपालबाटै ‘कमाण्ड’ गरेर खिचिएको तस्बिर सार्वजनिक भएको छ । ‘ग्राउण्ड स्टेसन’ को प्राविधिक कार्य सुरु भएसँगै नेपालबाटै कमाण्ड गरेर खिचिएको तस्बिर सार्वजनिक भएकाे हाे । तर स्याटेलाइटले खिचेको यो फोटोमा नेपाली भूभाग परे नपरेको आधिकारीक जानकारी छैन ।
गत वैशाख ४ मा नेपाली स्याटेलाइट प्रक्षेपण भएको थियो । नेपाल सरकारले स्याटेलाइट निर्माण र प्रक्षेपणका लागि अर्थमन्त्रालयमार्फत १ करोड ४२ लाख रुपैयाँ जापान पठाएको थियो । स्याटेलाइटलाई निर्देशित गर्ने ‘ग्राउण्ड स्टेसन’ बनाउन सरकारले नास्टलाई थप २० लाख रुपियाँ दिएको थियो । अन्तरिक्षको बाहिर भागमा राखिएको स्याटेलाइटले नेपालको पानी, मौसम एवं तापक्रमका बारेमा तस्बिर पठाउन सक्छ ।