• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    एन्ड्रोइड फोन स्मार्ट हुनुका कारण

  • वीरगंज संजाल
  • ३ पुष २०७६, बिहीबार ०५:५२
  • ३८९९

    वीरगञ्ज । विगत डेढ दशकको समय नियाल्ने हो भने प्रविधिले हाम्रो जीवनमा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ । त्यतिबेला कम्प्युटर, ल्यापटपसमेत देख्न मुश्किल पर्नेहरू अहिले हरेक क्षण च्याटिङ गर्ने, भिडियो कल गर्ने, ईमेल पठाउने लगायत इन्टरनेटसँग सम्बन्धित गतिविधिमा अभ्यस्त भइसकेका छन् । अहिले मानिस घरबाट निस्कँदा अरू सामान भुल्न सक्छन्, तर मोबाइल फोन बोक्न कहिल्यै बिर्संदैनन् । मोबाइल फोन र मानिसबीच अहिले निकट सम्बन्ध पाइन्छ । यो सम्बन्धमा स्मार्टफोनको ठूलोे योगदान रहेको प्रविधि विश्लेषज्ञकहरू बताउँछन् । फोन मात्र नभएर विभिन्न उपकरणको रूपमा समेत प्रयोग हुनु यसको मुख्य कारण भएको उनीहरूको भनाइ छ ।

    स्मार्टफोनको विकासक्रम
    स्मार्टफोनको विकास भएको धेरै समय भएको छैन । यसको विकासक्रम सक्षेपमा यसरी हेर्न सकिन्छ :

    सन् १९९२ : आईबीएम (इन्टरनेशनल बिजनेश मेशिन)द्वारा पहिलो स्मार्टफोनको आविष्कार भयो । सिमोन नाम गरिएको उक्त स्मार्टफोनमा पात्रो (क्यालेन्डर), एड्रेसबूक, क्यालकुलेटर, ईमेल तथा टचस्क्रिन सुविधासमेत थियो ।

    सन् १९९६ : नोकियाले फोन तथा पीडीए अर्थात् व्यक्तिगत व्यवस्थापक (पर्सनल अर्गनाइजर) तथा ईमेल–इन्टरनेट सुविधासहितको कम्प्युटर दुवैको काम गर्न सक्ने स्मार्टफोनका संस्करण नै सार्वजनिक गरेको थियो ।

    सन् २००० : एरिक्शन कम्पनीद्वारा आर–३८० नाम गरेको टचस्क्रिन स्मार्टफोनको विकास भयो । यसमा सिम्बियनमा आधारित अपरेटिङ सिस्टम (ओएस) तथा पट्याउन मिल्ने (फोल्डेबल) किबोर्डसमेत उपलब्ध गरिएको थियो । अधिकांश प्रविधि विशेषज्ञहरू यसैलाई पहिलो स्मार्टफोन मान्ने गर्छन् ।

    सन् २००२ : वास्तवमा स्मार्टफोनको लोकप्रियता चुलिएको समयका रूपमा यस वर्षलाई लिइन्छ । यही वर्ष ईमेल सेवासहितको ब्ल्याकबेरी, पाल्म ट्रिओ (फुल क्वेर्टी किबोर्डसहितको मोबाइल) र एरिक्शनको पी–८०० पनि सार्वजनिक गरिएका थिए । साथै, एमपीथ्री प्लेयर, क्यामेरा र ताररहित प्रविधि लगायत नयाँ फिचर समेत यसै वर्ष स्मार्टफोनमा पहिलोपटक उपलब्ध गरिएको थियो । ईमेल आदानप्रदान गर्ने कार्यले पनि यही वर्षदेखि लोकप्रियता पाएको मानिन्छ ।

    सन् २००५ : सोनी एरिक्शनले आफ्नो अत्यधिक लोकप्रिय हुन सफल एन सेरिजका मोबाइल यस वर्ष सार्वजनिक गरेको थियो । कम्प्युटिङ (हिसाब गर्ने) क्षमताका आधारमा विशेष व्यावसायिक मानिसलाई लक्षित गरी यसलाई बजारमा ल्याइएको थियो ।

    सन् २००७ : व्यापक एप स्टोरसहितको एप्पल आईफोन सार्वजनिक

    सन् २००८ : सबैका लागि खुल्ला (ओपन सोर्स) एन्ड्रोइड अपरेटिङ सिष्टमको शुरुआत गरियो । गूगल, इण्टेल, एचटीसीलगायत अन्य थुप्रै कम्पनीले यसमा सहयोग पुर्‍याएका थिए ।

    सन् २००८ देखि हालसम्म : बजारमा रहेका प्रमुख कम्पनीद्वारा निरन्तर नयाँनयाँ स्मार्टफोन सार्वजनिक गरिँदै आएको छ । अहिले बजारमा तीव्रगतिको इन्टरनेटका साथै अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन कसले ल्याउने भन्ने विषयमा व्यापक प्रतिस्पर्धा चलिरहेको छ ।

    एन्ड्रोइडमा मुख्य विशेषता
    वाईफाई डाइरेक्ट
    एन्ड्रोइड स्मार्टफोनहरूमा ठूलो साइजका भिडियो लगायत अन्य फाइल आदानप्रदान गर्न वाईफाई डाइरेक्टको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा करीब १ जीबीसम्म आकारका फाइल करीब ५ मिनेटमै आदानप्रदान गर्न सकिन्छ । फोन आफै एकअर्कासँग सहज ढंगले कनेक्टेड (जोडिने) हुने भएकाले यसका लागि वाईफाई सुविधा समेतको आवश्यकता पर्दैन ।

    एनएफसीद्वारा सञ्चार
    एनएफसी अर्थात् नियर फिल्ड कम्युनिकेशनको सहायताले छोटो दूरीमा रहेका अन्य मोबाइलमा सजिलै साधारण एपको सहायताले सन्देश आदानप्रदान गर्न सकिन्छ ।

    ओटीजीको सहायताले फाइल आदानप्रदान
    यूएसबी (युनिभर्सल सिरियल बस) होस्टको सहायताले यूएसबी फ्ल्यास ड्राइभमार्फत फोन प्लग (जडान) गरी फाइल सजिलै कपी तथा पेस्ट गर्न सकिन्छ । एन्ड्रोइडले फाइल एक्स्प्लोररको सहायताले उपकरणमा रहेका फाइल प्रणालीमा सजिलै पहुँच बनाउनसमेत सहयोग पुर्‍याउँछ ।

    स्प्याम म्यासेज ब्लक गर्न सहज
    म्यासेज तथा कलमा आईओएसमार्फत नियन्त्रण गर्न सकिन्न । तर एन्ड्रोइडमा तपाईं कल तथा म्यासेज ब्लक गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्छ । यसको सहायताले तपाईं आफूलाई मन नपरेका मानिस तथा तिनका फोन नम्बर ब्लकसमेत गर्न सक्नुहुन्छ ।

    लुक्समा परिवर्तन
    आईफोनको लुक्समा खासै विविधता पाइन्न । यसको लुक्स सीमित रहेको छ ।   तर एन्ड्रोइडले आप्mनो फोनको लुक्स परिमार्जन गर्ने थुप्रै अवसर प्रदान गरेको पाइन्छ । यसका लागि लन्चरको प्रयोग गर्नुपर्ने हुन्छ ।

    सस्ता तारको प्रयोग
    एप्पलमा लाइटनिङ केबलको प्रयोग गर्नु अनिवार्य जस्तै हुन्छ । सुरक्षाका दृष्टिकोणले एप्पलले यसलाई विशेष प्राथमिकतामा समेत राखेको छ । तर एन्ड्रोइड प्रयोगकर्तालाई यस्तो महँगो तार प्रयोग गर्नु आवश्यक छैन । किनभने एन्ड्रोइडमा बजारमा सजिलै तथा सस्तो मूल्यमै उपलब्ध हुने कुनै पनि यूएसबी (युनिभर्सल सिरियल बस) केबुलको प्रयोग गर्न सकिन्छ ।

    विजेट्स तथा अटोमेशन
    एन्ड्रोइडमा आफ्ना अत्यावश्यक एपमाथि सहज पहुँचका लागि विजेट्सको प्रयोग गर्ने सुविधा छ । साथै हरेक एपका लागि एप स्टोरमा विजेट्स उपलब्ध छन् । एन्ड्रोइड फोनमा घर तथा अफिसमा प्रवेश गर्नेबित्तिकै वाईफाई लगायत सुविधा सञ्चालनका लागि अटोमेशन फिचर छ ।

    खर्च मितव्ययी सञ्चय विस्तार सुविधा
    एन्ड्रोइड फोनको सञ्चय क्षमता बढाउनुपर्दा सस्तो मूल्यको बढी सञ्चय क्षमता भएका मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ । बजारमा १६ जीबी क्षमताको माइक्रो एसडी कार्ड करीब रू. १ हजार देखि १ हजार ६ सयसम्ममा उपलब्ध छन् । एप्पलका उत्पादनको तुलनामा यो मूल्य निकै कम पर्छ ।

    डाटामाथिको नियन्त्रण
    एप्पलको आईफोनका तुलनामा एन्ड्रोइड प्रयोगकर्तालाई डाटा (फोटो, भिडियो) ट्रान्सफर लगायत कार्यमा करीब ३ गुणा बढी सुविधा उपलब्ध हुन्छ । साथै फाइल म्यानेजर एपको प्रयोग गरी फोनमा रहेका सिस्टम फाइल पनि आदानप्रदान गर्ने सुविधा एन्ड्रोइडका प्रयोगकर्ताले उपभोग गर्न सक्छन् ।

    (एजेन्सीहरूको सहयोगमा)

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑