• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ढुवानी व्यवसायीले रोके प्यान नलिएका ट्रकको काम

  • वीरगंज संजाल
  • ३ पुष २०७६, बिहीबार ०५:४१
  • ५५२५

    वीरगञ्ज। स्थायी लेखा नम्बर (प्यान) नलिएका ट्रक र यातायात व्यवसायीका ढुवानी साधनमा ढुवानी व्यवसायीले मालसामान लोडअनलोड बन्द गरेका छन् । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत १ हजार रुपैयाँभन्दा बढीको खर्च देखाउन प्यान बिल अनिवार्य गरेकोमा यो व्यवस्था पुस १ गतेदेखि कडाइ गरेसँगै ढुवानी व्यवसायीले दर्ता नभएका गाडीको काम लिन बन्द गरेका हुन् ।

    ढुवानीमा मूल्यअभिवृद्धि कर (भ्याट) र प्यानको विरोध भएपछि सहजीकरणको उपाय पत्ता लगाउन कार्यदल बनाएको थियो । कार्यदलले सुझाव दिएपछि सरकारले ढुवानी व्यवसायीलाई पुस १ गतेदेखि अनिवार्य रूपमा भ्याटमा दर्ता हुन निर्देशन दिएको थियो । ढुवानी व्यवसायी भ्याटमा दर्ता भइसकेका छन् । तर, अधिकांश ट्रक व्यवसायी प्यानमा दर्ता नभएकाले त्यस्ता व्यवसायीको साधनबाट बुधवारदेखि काम लिन छोडिएको नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले बताए ।

    ‘ढुवानी व्यवसायी भ्याटमा दर्ता भइसकेका छौं । तर, गाडीधनीले प्यानसमेत नलिँदा समस्या भयो । हामीले उनीहरूलाई दिएको भुक्तानी सरकारले खर्च मानेन भने त ढुवानी व्यवसायी मारमा पर्ने भए,’ अध्यक्ष खनालले आर्थिक अभियानलाई बताए ।

    अधिकांश ढुवानीका साधनले प्यान नलिएको ढुवानी व्यवसायीको दाबी छ । ढुवानी व्यवसायीले ट्रक भाडामा लिएर व्यवसाय चलाएका छन् । यस्तो व्यवसायको ८० देखि ९० प्रतिशत खर्च ढुवानी साधनका धनीलाई बुझाउनुपर्ने खनालले बताए । तर, यस्ता साधनका धनीले प्यान बिल दिँदैनन् । प्यान बिलविना गरिएको भुक्तानीलाई सरकारले खर्चका रूपमा स्वीकार नगरे ठूलो रकम आयकरमा बुझाउनुपर्ने आशंका ढुवानी व्यवसायीलाई छ । ‘यो अन्योल अन्त्य नभएसम्म प्यानमा दर्ता नभएका साधनबाट काम गर्दैनौं,’ अध्यक्ष खनालको अडान छ ।

    भ्याटमा दर्ता अनिवार्य भनेपछि विभिन्न ठूला उद्योग तथा कम्पनीले बुधवार ट्रक लोड नगरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । ‘ढुवानी बन्द भएपछि अर्थ मन्त्रालयले बिहीवारका लागि वार्तामा बोलाएको छ । मुलुकभर चल्ने ९० प्रतिशत ट्रक भ्याटमा दर्ता छैनन् । अब कसरी चल्ने भन्ने कुरा गम्भीर समस्या हो,’ उनले भने । ट्रक ढुवानीमा भ्याट लगाउँदा एकातर्फ ट्रक व्यवसायीहरूलाई हिसाबकिताबको झन्झट बेहोर्नुपर्ने र अर्कातर्पm उपभोक्तासमेत मारमा पर्ने उनले बताए ।

    ढुवानी व्यवसायीको विरोधका कारण पूर्वी नाका विराटनगर, भैरहवा, नेपालगञ्ज, काठमाडौंलगायत स्थानमा ढुवानी प्रभावित भएको व्यवसायीले बताएका छन् । मुख्य नाका वीरगञ्जमा भने खासै प्रभाव देखिएको छैन । वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल शाहले ढुवानी व्यवसायीको विरोधको प्रभाव नपरेको बताए । ‘प्रभाव भएको भए त जाँचपास कम हुनुपर्ने हो । सामान्य अवस्थामा जस्तै काम भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने ।

    अर्थ मन्त्रालयले समस्या समाधानका लागि ढुवानी व्यवसायीलाई बिहीवार छलफलमा डाकेको छ । ढुवानी व्यवसायीले ट्रकधनीलाई भुक्तानी दिँदा साढे २ प्रतिशतका दरले अग्रिम आयकर कट्टा गर्छन् । यस्तो रकम ट्रकको नम्बर उल्लेख गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइने भएकाले सरकारले त्यसैलाई खर्चको आधार मान्न सक्ने तर्क पशुपति ट्रान्सपोर्टका सञ्चालक राजेन्द्र गुप्ताको छ ।

    तर, ट्रकधनीले प्यान बिल नदिएकाले त्यस्तो खर्चलाई सरकारले आय मानेर कर निर्धारण गर्ने आशंका ढुवानी व्यवसायीमा छ । १ हजार रुपैयाँभन्दा बढी भुक्तानीमा प्यान बिल अनिवार्य हुने र बिलविनाको भुक्तानीलाई खर्चमा देखाउन नपाइने सरकारको भनाइ छ ।

    सरकारले ट्रकलाई प्यानमा दर्ता हुन भने पनि ढुवानीको गन्तव्य टुंगो नहुने भएकाले बिल काट्न झन्झट हुने सञ्चालकहरूको भनाइ छ । यो नियम अव्यावहारिक भएको उनीहरूको दाबी छ । दर्तामा आलटाल गर्दै आएका छन् । ढुवानी व्यवसायी नै ट्रकका मालिक हुन्छन् भन्ने ठानेर सरकारले यस्तो नियम ल्याएकाले समस्या देखिएको अध्यक्ष खनालले बताए । ‘यहाँ त ठूला भनिएका ट्रान्सपोर्टसँग पनि आफ्नो स्वामित्वका ट्रक छैनन्, सबै भाडामा चलेको छ,’ उनले भने ।

    व्यवसायी गुप्ता पनि ट्रकलाई प्यानमा दर्ता गराएर सञ्चालन गर्न त्यति सहज नभएको बताउँछन् । त्यस्ता ट्रकको भाडामा अग्रिम आयकर तिरिने भएकाले त्यसैलाई आधार मानेर खर्च मान्नुपर्ने सुझाव उनको छ । अहिले अधिकांश औद्योगिक प्रतिष्ठानले पनि भाडामा अग्रिम कर कट्टा गरी खर्च देखाउने गरेको गुप्ताले बताए ।

    ‘उद्योगको यस्तो भुक्तानीलाई खर्च मानिने हो भने ढुवानी व्यवसायीको खर्च अस्वीकार गर्नुपर्ने कारण छैन,’ उनले भने । भाडाका ट्रकलाई ढुवानी व्यवसायीको मातहतमा ल्याएरमात्रै कारोबार गर्न सक्ने व्यवस्था मिलाएमा समस्याको निकास सहज हुने उनको तर्क छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑